गायिका सुनिधिलाई पुत्र लाभ
screennepal
प्रकाशित: २०७४, २० पुष बिहीबार
no img

काठमाडौ, २० पुस । बलिउडकी गायिका सुनिधि चौहानलाई पुत्रलाभ भएको छ । उनी जनवरी १ मा आमा बनेकी हुन् । सुनिधिको यो पहिलो बच्चा हो ।

२०१७ को अगष्टमा उनी गर्भवति भएको खवर बाहिर आएको थियो ।

सुनिधिले आफू गर्भवति भएको अवस्थामा पनि एक लाइभ कन्सर्टमा सहभागी भएकी थिइन् । त्यतिनै बेला उनले आफू गर्भवति भएको खुलासा गरेकी थिइन् ।

सुनिधि चौहानले १९९६ मा दूरदर्शन टेलिभिजनबाट प्रशारण हुने म्युजिक रियालिटी शो ‘मेरी आवाज सुनो’मार्फत लोकप्रिय बनेकी थिइन् । उनले १८ वर्षको उमेरमा कोरियोग्राफर बबी खानसँग विवाह गरेकी थिइन् । तर त्यो विवाह वर्ष दिन भित्रै सम्बन्ध विच्छेदमा परिणत भयो ।

परिवारको विरोधको बावजुत पनि उनले बबीसँग विवाह गरेको बताइन्छ । उनले २००२ मा विवाह गरे २००३ मा सम्बन्ध विच्छेद गरेकी थिइन् । तर उनले केही समय अगाडी एक अन्तरवार्तामा उनी बबीसँग खुसी रहेको बताएकी थिइन् ।

तर विवाह के कारणले टुट्यो भन्ने कुरा भने खुलेको छैन । पहिलो विवाह टुटेको ९ वर्षपछि २०१२ अप्रिल २४ मा उनले म्युजिक कम्पोजर हितेश सोनिकसँग दोस्रो विवाह गरिन् ।

सुनिधिले ४ वर्षको उमेरदेखि नै गीत गाउँदै आएकी छिन् । १९८३ अगस्ट १४ मा दिल्लीमा जन्मिएकी सुनिधिको क्षमतालाई उनका पिताले सानैदेखि बुझेका थिए ।

४ वर्षको उमेरमै उनले स्थानीय जमघट तथा मन्दिरहरुमा गाउने गरेकी थिइन् ।

स्कूलिङसँगसँगै उनले दिल्लीमा केही स्थानहरुमा स्टेज परफमेन्स गर्न समेत थालिसकेकी थिइन् । त्यसै सिलसिलामा टेलिभिजनकी कार्यक्रम प्रस्तोता तबस्सुको नजर उनीमाथि प-यो ।

सुनिधिले औपचारिक रुपमा १३ वर्षको उमेर गीत गाउन सुरु गरेकी हुन् । १९९६ मा आएको ‘शस्त्र’ चलचित्रमा उनले पहिलो पटक ‘लड्की दीवानी देखो’ गीत गाइन् ।

 

२१ वर्ष लामो फिल्मी करियरमा सुनिधिले कयौँ चर्चित गीतहरु गाएकी छिन् । उनले हिन्दीमा मात्र नभई उर्दू, उडिया, पंजाबी, मराठी, तमिल, तलेगु, भोजपुरी, बंगाली, असमी, गुजराती तथा नेपाली गीतहरु पनि गाएकी छिन् । –एजेन्सी

 
Comments