आवारा प्रेमी अक्षय
screennepal
प्रकाशित: २०७१, ८ आश्विन बुधबार
no img

आफ्नै स्टन्टका लागि बलिउडमा ‘खेलाडी’ को उपाधि पाएका अभिनेता अक्षय कुमार प्रेम सम्बन्धको मामिलामा पनि ‘खेलाडी’ कै रूपमा चिनिन्छन् । ट्वीङ्कल खन्नासँग बिहे गर्नुअघि अक्षय केटीहरूसँग औँठी साटासाट गर्नमा बदनाम थिए । उनका प्रेमिकाहरूको सूची लामै छ । उनलाई आवारा प्रेमी भन्नेहरू कम छैनन् । आफ्नो ‘एक्सन’ र ‘कमेडी’बाट दर्शकलाई मनोरञ्जन दिने अक्षयको प्रेम प्रसंग पनि कम्ती मनोरञ्जक र रोचक छैन ।
एकताका उनका प्रेमका किस्साले फिल्मी पत्रपत्रिकाको गसिप पृष्ठमा प्रशस्तै ठाउँ ओगटे । त्यसताका अक्षयसँग काम गर्ने हरेक अभिनेत्रीसँग उनको अफेयर रहेको समाचार लगातार छापिन्थे । रविना टन्डन, शिल्पा सेट्टीसँग उनको अफेयरका खबर यति धेरै आए कि अक्षयले यिनीहरूमध्ये कुनै एकसँग बिहे गर्ने अनुमान धेरैले गरे । तर, पछि अक्षयले भने ट्वीङ्कल खन्नासँग बिहे गरे ।
akshay-kumar-sexy-and-stylist-pic-roseसन् ९० को दशकमा अक्षय र शिल्पा बलिउडका ‘हट कपल’ मध्ये एक थिए । अक्षयसँग आफूले औँठी साटासाट गरेको कुरा पनि शिल्पाले स्वीकार गरेकी छिन् । तर, पछि केही वैमनस्यले गर्दा उनीहरूबीच दूरी बढ्दै गयो । एक अन्तर्वार्ताका क्रममा शिल्पा सेट्टीले अक्षयसँगको सम्बन्धबारे खुलासा गर्दै भनेकी थिइन्, ‘अक्षय आफ्नो प्रेमिकालाई विश्वासमा लिनका लागि छिट्टै औँठी साटासाट गर्थे । उनी हरेक प्रेमिकालाई मुम्बईको सिद्धिविनायक मन्दिर लैजान्थे र त्यहाँ बिहे गर्ने बाचा गर्थे । तर, आफ्नो जीवनमा नयाँ केटी आउनासाथ उनी पुरानो प्रेमिकालाई नचिनेझैँ गर्थे ।’
शिल्पापछि अक्षयको नाम रविना टन्डनसँग जोडियो । त्यतिबेला रविना ग्ल्यामरस अभिनेत्रीमा गनिएकी थिइनन् । रविनालाई डेट गरिरहेकै बेला अक्षयले शिल्पासँग पनि डेट गरिरहेका थिए । शिल्पासँग टाढिएपछि अक्षयले रविनासँग अफेयर चलाएको चर्चामा आयो । तर, उनीहरूको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । पछि दुवै एकअर्काबाट टाढिन थाले ।
अक्षयबारे रविनाको अनुभव शिल्पाको जस्तै रह्यो । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘अक्षय आफ्नो प्रेमिकालाई यो महसुस गराउँथे कि उनी सबैभन्दा बढी उसलाई मन पराउँछन् । तर, उनी यो कुरा आफ्ना सबै प्रेमिकालाई भन्थे ।’
आफ्नो उमेरका सँगमात्रै होइन, उमेरमा आफूभन्दा जेठी रेखासँग पनि अक्षयले अफेयर चलाए । बलिउडका विस्मित पार्ने प्रेम प्रसंगमध्ये यो पनि एक हो । उनीहरूको अफेयर विवादित थियो । रेखा उमेरमा अक्षयभन्दा धेरै जेठी थिइन् । तर, आफ्नो अफेयरबारे न रेखाले मुख खोलिन् न अक्षयले । तर, फिल्म ‘खिलाडियोँ का खेलाडी’ को सुटिङका क्रममा दुवै नजिकिएका थिए भन्ने मानिएको थियो ।
यसपछि अक्षय ट्वीङ्कलको प्रेममा परे । भनिन्छ, अक्षय उनीसँग बिहे गर्ने सोचमा थिएनन् । तर, ट्वीङकलकी अमा डिम्पलको दबाबका कारण उनले बिहे गर्नुप¥यो ।
बिहेपछि पनि अक्षयको बानी बदलिएन । प्रियंका चोपडासँग उनको विवादास्पद अफेयरले खूब चर्चा बटुल्यो । फिल्म ‘अन्दाज’को सुटिङका क्रममा प्रियंका उनीहरूको अफेयर चलेपछि ट्वीङ्कलसम्म खबर नपुग्ने कुरा भएन । पछि ट्वीङ्कल र अक्षयबीच मनमुटावका समाचार मिडियामा आउन थाले । तर, आफ्नो वैवाहिक जीवन बचाउनका लागि अक्षयले प्रियंकासँगको सम्बन्ध त्यही टुंग्याए ।
अक्षय र कट्रिनाले धेरै हिट फिल्म बलिउडलाई दिए । फिल्म ‘नमस्ते लन्डन’ को सेटमा दुवै एकअर्कासँग धेरै नजिकिएका थिए । तर, उनीहरूले आफ्नो अफेयरबारे चाहिँ कहिल्यै केही बोलेनन् । दुवैले एकअर्कालाई राम्रो साथी बताए र पछि एकअर्काबाट टाढिए ।

Comments