काठमाडौं, १६ पुस । बरिष्ठ फोटो पत्रकार हरिगोपाल प्रधान पुरस्कृत भएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए’ले फोटो पत्रकारितामार्फत पर्यर्टन प्रवद्र्धन र श्रीवृद्धिमा योगदान पु-याएको भन्दै प्रधानलाई पुरस्कृत गरेको हो ।
फोटो पत्रकार प्रधानलाई राजधानीमा एक समारोहबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनएमएका अध्यक्ष सन्तवीरले पुरस्कार प्रदान गरेका थिए ।
पत्रकार प्रधानले तीन दशक यता फोटो पत्रकारिता तथा लेख रचना र समाचार क्षेत्रमा काम गर्दै आएका छन् ।
एनएमएका अध्यक्ष सन्तवीरका अनुसार नेपालको पर्वतीय पर्यटनको प्रवद्र्धनमा योगदान पुग्ने समाचार, लेख तथा तस्विर प्रकाशन गरी पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु-याएवापत कदर स्वरुप प्रधानलाई ‘दावानर्वु पर्वतीय पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको हो ।
पुरस्कृत भएपछि फोटो पत्रकार प्रधानले भने, ‘पर्वतीय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि पत्रकारितामार्फत पर्यटन व्यवसायिकमा योगदान गर्ने हर प्रयास जारी राख्नेछु ।’