कुरुम्बाङ सङ्जुम्भोको दोस्रो राष्ट्रिय महाधिवेशन झापामा हुने
screennepal
प्रकाशित: २०७४, १५ पुष शनिबार
no img

काठमाडौं, १५ पुस । याक्थुङ कुरुम्बाङ सङ्जुम्भोको दोस्रो राष्ट्रिय महाधिवेशन आउँदो ११ र १२ फागनुमा झापाको दमकमा हुने भएको छ । विशुद्ध सामाजिक संस्था सङ्जुम्बोको शनिबार राजधानीमा बसेको केन्द्रीय बैठकले यो निर्णय गरेको हो । बैठकले महाधिवेशनको मिति तयसँगै विभिन्न समिति पनि गठन गरेको छ ।
केन्द्रीय अध्यक्ष होमभक्त कुरुम्बाङ लिम्बूको अध्यक्षतामा बसेको बैठकलै महाधिवेशन तयारीका लागि आर्थिक तथा प्रचार–प्रसार समिति गठन गरेको हो । पूर्वको विभिन्न नौ जिल्लाका अलावा देशविदेशमा रहेका सम्पूर्ण कुरुम्बाङ दाजुभाईलाई समेट्नेगरी प्रचार तथा आयोजक समिति गठन गरिएको अध्यक्ष होमभक्तले बताए । उनका अनुसार दोस्रो राष्टिय महाधिवेशनलाई भव्य रुपमा सफल पार्न सात सदस्यीय आयोजक समिति गठन गरिएको छ । महाधिवेशन आयोजक समितिमा अध्यक्ष होमझक्तको संयोजत्वमा तेजेन्द्र कुरुम्बाङ, दिलेन्द्र कुरुम्बाङ, हिमाल कुरुम्बाङ, विरेन्द्र कुरुम्बाङ, देशराज कुरुम्बाङ र निरराज कुरुम्बाङ सदस्य रहेका छन् ।
त्यस्तै, महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउन आर्थिक समिति पनि गठन गरिएको छ । आर्थिक समितिमा कोषाध्यक्ष तेजेन्द्र कुरुम्बाङको संयोजत्वमा ११ सदस्य रहेका छन् । जसमा मिनप्रसाद कुरुम्बाङ, बोधराज कुरुम्बाङ (लसुने), दिलेन्द्र कुरुम्बाङ (पाँचथर), योगेन्द्र कुरुम्बाङ, (तेह्रथुम), टिकाराम कुरुम्बाङ, हर्क कुरुम्बाङ र हर्कजंग कुरुम्बाङ (सुनसरी), इन्द्र कुरुम्बाङ र रामभक्त कुरुम्बाङ (मोरङ) र देशराज कुरुम्बाङ (झापा) सदस्य रहेका छन् ।
त्यस्तै, बैठकले महाधिवेशन प्रचार प्रसार तथा जिल्ला र विदेश समन्वयनका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।
कुरुम्बाङ सङ्जम्भो परिवारले स्थापनाकाल देखि नै कुरुम्बाङ दाजुभाई र समाजका लागि सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ । आगामी महाधिवेशनसँगै सङ्जम्भोलाई अझ बहत्त रुप दिँदै अगाडि बढ्ने बताइएको छ ।

Comments