लभ लाइफमा रमाउन चान्छिन्, प्रियंका
screennepal
प्रकाशित: २०७१, ७ आश्विन मंगलवार
no img

मुम्बई । हालै रिलिज भएको फिल्म ‘मेरी कोम’ मा आफ्नो दमदार अभिनयबाट चर्चा बटुल्न सफल बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले लभ लाइफका लागि समय निकाल्न चाहन्छिन् । तर, उनी नीजि कुरालाई आफूभित्रै राख्न चाहन्छिन् ।

priyanka
एक प्रशंगमा प्रियंकाले भनिन्, ‘मेरा फ्ना, मेरो करिअर र फिल्मबारे सबै कुरा जान्न चाहनु सक्नुहुन्छ । तर नीजि जिन्दगी म आफैभित्र राख्न चाहन्छु । म सिंगल हुँ, तर मैले केही कुरा भन्न मिल्दैन ।’ प्रियंकाले विवाह नभएसम्म जो पनि सिंगल हुने बताउँदै भनिन्, ‘मैले बिहे गरेकी छैन । तैपनि आफूलाई सिंगल भनेकी छैन ।’ उनको यस्तो अभिव्यक्तिले अफेयर्समा छिन् भन्ने बुझ्नलाई कठिन भएन ।
फिल्म ‘मेरी कोम’ पछि प्रियंकालाई किरण बेदीको जीवनीमा आधारित रहेर बन्ने फिल्ममा प्रस्ताव आएको छ । यसबारे पियंकाले भनिन्, ‘मलाई अहिले यस समयमा धेरै फिल्मका लागि प्रस्ताव आइरहेको छ । भर्खरै जोया अख्तरको फिल्मको सुटिङ पूरा गरेकी छु । अर्को महिना दुई फिल्मको सुटिङ गर्दैछु । एक सञ्जय लीला भन्साली र अर्को मरै प्रोडक्शन कम्पनीको फिल्म रहेको छ ।’ पछिल्लो समय बलिउडमा हिट लिस्टमा रहेकी प्रियंकाले चाहेर पनि छुट्टीमा बस्न नसकेको सुनाइन् ।

Priyanka Chopra
‘सबैको मन बुझाउनै पर्छ’ कुनै समय तीन महिनामा बल्ल एउटा फिल्ममा काम पाएकी प्रिंयंकाले अहिलेको आफ्नो व्यस्ततालाई उदृत गर्दै भनिन्, ‘अहिले त महिनामै तीन फिल्ममा प्रस्ताव आइरहेको छ । सबै फिल्मलाई त समय दिन भ्याउँदिनँ । तर, भ्याएसम्म काम गर्ने गरेकी छु ।’ फिल्म प्रस्तावको ओइरोसँगै प्रियंकाले अहिले फिल्मको कथावस्तु हेरेर मात्र साइन गर्न थालेकी छन् । उनले एक वर्षका लागि प्याक भइसकेको बताइन् । पियंकाले भनिन्, ‘एक वर्षसम्मलाई मेरो समय छैन । तैपनि प्रस्ताव आएका फिल्मका कथा सुन्ने र पढ्ने गरेकी छु ।’
– एजेन्सीबाट

Comments