विराट-अनुष्काले कहिल्यै नछुट्ने कसम खाए !
screennepal
प्रकाशित: २०७४, २७ मंसिर बुधबार
no img

काठमाडौ, २७ मङ्सिर (एजेन्सी) । अन्तत: बिराट कोहली र अनुष्का शर्मा लगनगाठोमा कसिए ! बलिउड अभिनेत्री अनुष्का र भारतीय क्रिकेट टिमका कप्तान बिराटले केही दिनअघि इटलीमा विवाह गरेका छन् । उनीहरु लामो समययता डेटिङमा थिए । तर, उनीहरु आफ्नो सम्बन्धलाई प्राय गोप्य राख्न चाहन्थे ।
यतिखेर यी दुईको विवाहले बलिउडमा राम्रै चर्चा छ । इटालीको फ्लेरेन्समा एक समारोहबिच विवाह गरेका यि जोडी अब चाडै मुम्बई फर्कन्दै छन् । उनीहरुले मुम्बईमा पनि भोज दिने भएका छन् । विवाहमा अनुष्का गोल्डन कलरको लेहेंगामा साच्चिकै खुलेकी थिइन् ।
विबाहपछि अनुष्का र विराटले आफ्ना फ्यानसँग खुशी साट्दै भनेका छन्, ‘हामीले एकअर्कासँग सधै साथमा रहने कसम खायौं ।’

Comments