मंसिर २९ मा ‘गोरे’
screennepal
प्रकाशित: २०७४, १३ मंसिर बुधबार
no img

काठमाडौं, १३ मंसिर । चलचित्र ‘गोरे’ २९ मंसिरबाट रिलिज हुने भएको छ । यसै चलचित्रमार्फत एक्शन नायकको रुपमा राकेशकुमार राईको उदय हुँदैछ । मार्शल आर्टका अन्र्तराष्टिय प्रशिक्षकसमेत रहेका राकेशकुमारलाई ‘गोरे’मा एक्शन भूमिकामा देखिनेछन् । चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसिका अनुसार गोरेमा एक्शन, रोमान्टिक एवं समसामयिक विषयवस्तुलाई चित्रण गरिएको छ ।
रामेश कुमार राईको निर्देशन रहेको ‘गोरे’मा दीलिप रायमाझी, अनु शाह, रविन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, सूर्य जिसिलगायतका कलाकारको अभिनय रहेको छ भने साथमा नवप्रस्तुती राकेशकुमार राई, डा. गुन्नु घर्ती, अभिषेक गिरीलगायतको पनि अभिनय रहेको छ ।
जिएस मुभी मेकर्सको व्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसी हुन् भने रुपा जिसी चलचित्रको निर्मात्री हुन् । चलचित्रमा कथा, गीत शंकर अधिकारी ‘घायल’ को छ ।


 

Comments