नेपाललाई ‘हलिउड बनाउने’ केशव स्थापितको योजना !
screennepal
प्रकाशित: २०७४, ६ मंसिर बुधबार
no img

काठमाडौ, ६ मङ्सिर । काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित ‘योजनाका खानी’ मानिन्छन् । यि पुर्वमेयर अहिले प्रदेश नम्बर ३ प्रदेश सभाका लागि उम्मेदवार छन् । पूर्वमेयर स्थापितसँग सबैभन्दा बढी के छ भनेर सोधियो भने ‘योजनाहरु’ नै हो । उनीसँग महानगरलाई बनाउने योजना मात्र छैन, नेपाललाई संसारकै फिल्म सिटी बनाउने योजना पनि छ ।
काठमाडौ महानगर पालिकाको मेयर हुँदा आफ्नो योजना र कामबाट सेलिब्रेटी बनेक स्थापितले एक अनलाइनसँग कुरा गर्दै नेपाललाई भोलीको हलिउड स्टुडियो बनाउने बताएका छन् ।
उनले यसो भनेका छन, ‘काभ्रेको जनागाल पारि ३ हजार रोपनी जमिन छ । त्यो हाम्रो भोलिको ‘हलिउड’ हो । त्यहाँ फिल्मी सिटी बनाउने योजना छ । यस्तो स्थान बन्ने छ कि संसारभरका सिनेमा बनाउनेहरुको त्यो तिर्थस्थल जस्तो हुनेछ । मसँग त्यस्तो भिजन छ । त्यसकालागि मसँग एक जना विमल सुवेदी हुनुहुन्छ ।’ उहाले फिल्म मेकिगमा एमफिल गर्नुभएको छ । उहाँलाई हिराको पहाड भन्ने गरिन्छ, फिल्म क्षेत्रमा । त्यो स्थानमा फिल्मको विश्वकेन्द्र बनाउने योजना छ । अहिले पनि त्यो स्थानमा चालीस देशका मानिसहरुले चासो राखिसकेका छन् ।’

Comments