फेसियल हाउस अब सिटिसी मल र बागबजार प्लाजामा पनि
screennepal
प्रकाशित: २०७४, ७ आश्विन शनिबार
no img

काठमाडौं, ८ असोज । ‘फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलून’लेअर्को पनि शाखा विस्तार गरेको छ । करिब एक दशकयता राजधानीको काठमाडौं मलबाट सौन्दर्य सेवा सुरु गरेको फेसियल हाउसले दसैंको पूर्वसन्ध्या पारेर शुक्रबार दुई शाखा सञ्चालनमा ल्याएको हो । फेसियल हाउसको अब बागबजार प्लाजा सिटिसी मलबाट पनि सेवा सुरु गरेको छ । बागजार शाखाको निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले उद्घाटन गरेकी छन् ।


त्यस्तै, सिटिस मलको दोस्रा तल्लामा सञ्चालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, अभिनेता रमेश उप्रेती, अभिनेत्री दिपिका प्रसाईं तथा अभिनेता÷चिकित्सक आयुष्मान घिमिरेले गरेका थिए । २०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एक अग्रणी सैलूनको रुपमा स्थापित छ ।


यस हाउसले करिब ५० जनालाई रोजगारी दिँदै आएको हाउसकी सञ्चालिका तथा ब्युटिसियन सुष्मा महराले बताइन् । कार्यक्रममा बोल्दै सुष्माले भनिन्, ‘अत्याधुनिक प्रविधियुक्त सेवा दिने उद्देश्यले सिटिसी मलमा लक्जरी ब्राञ्च स्थापना गरिएको हो ।’
फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको समेत उनले बताइन् । फेसियल हाउसले टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित प्रविधिहरु उपलब्ध गराउँदै आएको छ । यसअघि फेसियल हाउसले काठमाडौंको चाबहिल, पोखरा तथा काँकडभिट्टामा समेत शाखा सञ्चालनमा ल्याइसकेको छ ।

Comments