आज चन्द्रग्रहण : निम्न राशिका ब्याक्तिलाई निम्न फल प्राप्त हुने
screennepal
प्रकाशित: २०७४, २३ श्रावण सोमबार
no img

यूवा ज्योतिषि डिपि भण्डारी
२०७४ साल श्रावन २३ गते (आज) रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।
खण्डग्रास चन्द्रग्रहण लाग्दा निम्न रासिका ब्याक्तिहरुलाई निम्न फल प्राप्त हुँनेछ । मेष रासिलाई सुख, बृषलाई माननास,मिथुनलाई कष्ट,कर्कटलाई स्त्रीपीडा,सिंहलाई सुख,कन्यालाई चिन्ता, तुलालाई व्यथा,बृष्चिकलाई श्रीप्राप्ती,धनुलाई क्षति,मकरलाई घात,कुम्भलाई व्यय र मीनलाई लाभ हुनेछ । श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर रासिका व्याक्तिहरुलाई अतिकष्ट हुनेछ । श्रवण २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
(ओएस नेपालबाट सभार)[youtube url=”video_url” width=”500″ height=”300″]

Comments