‘दुस्साहस’ नआउँदै ‘शान्ति’को घोषणा !
screennepal
प्रकाशित: २०७४, २२ श्रावण आईतवार
no img

काठमाडौं, २१ साउन । चलचित्र रिलिज नभइ ‘दुस्साहस’ टिमले नयाँ प्रोजेक्टको घोषणा गरेको छ अर्थात दिनेश लिङ्देनले ‘शान्ति’ बनाउने भएका छन् । दिनेश निर्देशित ‘दुस्साहस’ रिलिजको तयारीमा छ । यसैबेला शनिबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘शान्ति’को निर्माण घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा फाल्गुनन्द लिङ्देन फिल्मस प्रालि र नेपाल चलचित्र युवा मञ्चले चलचित्र ‘शान्ति’ निर्माण जनाइएको हो । चलचित्रको शुभसाइत शनिबार नै गरिएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले चलचित्रको शुभमुहर्तत गरेकी थिइन् ।
चलचित्र ‘शान्ति’बारे बोल्दै निर्देशक लिङ्देनले भने, ‘अझैपनि देशमा पूर्ण रुपमा शान्ति कायम भइसकेको छैन । जसका कारण युवाहरु बिदेसिनु पर्ने बाध्यता छ । शान्ति र सम्बृद्धको लागि तिनै युवाहरुको आवश्यकता अनि तत्परतालाई चलचित्र ‘शान्ति’मा प्रस्तुत हुनेछ ।’


चलचित्रमा शान्ता बखिम थेबे निर्मात्री र कार्यकारी निर्माताकम वषन्त थेबे लिम्बु रहेका छन् । चलचित्रमा सुप्रिया श्रेष्ठ, निशा पोमु, सुदिता लिङ्देन, संजिब थेबे लिम्बु, अजय खडका, प्रदिप योङहाङ, उदय सुब्बालगायतका कलाकार रहने बताइएको छ । चलचित्रमा गीत हरि उप्रेती, संगित बिकास चौधरी, नृत्य जनक कार्की, द्वन्द्ध राजु किराँती र छायांकन ज्ञानु राई रहने भएको छ ।
कार्यक्रममा पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुव्बालाई सम्मान गरिएको थियो भने सोही अवसरमा बसन्त थेबे लिम्बु र निर्मात्री शान्ता बखिम थेबेद्वारा हेल्प लेस बालआश्रमका बालबालिकालाई लताकपडा तथा पढ्ने डेस्क प्रदान गरेका थिए ।

 

Comments