काठमाडौं, १४ साउन । सार्क राष्ट्रका नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका लगभग तीसजना कलाकारसहित सार्क आर्ट क्याम्प सुरु भएको छ । नेपालमा पहिलो पल्ट आयोजित यो कार्यक्रम भने सार्क कल्चर सेन्टर कोलोम्बोको सातौं संस्करण हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री शंकर प्रसाद अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा संस्कृति मन्त्री जितेन्द्र नारायण देवले एक समारोहका बीच गरे । उद्घाटन मन्तव्यमा मन्त्री देवले कला सांस्कृतिक आदान प्रदान हुने यस्ता कार्यक्रमले आपरी भाईचारा बढ्ने विचार व्यक्त गरे ।
बंगलादेशी कलाकार रिजाउन नावीका लागि बंगलादेशी कलालाई सार्क स्तरीय मञ्चमा प्रस्तुत गरेर कलाबाट सार्क देशहरु बिचको मित्रतालाई अझ गाढाँ बनाउने ध्याउन्नमा छन् ।
पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ भुटानको समसामयिक कलालाइ पस्कने तरखरमा छन् । श्रीलंकाका प्रिन्टमेकर जयन्त पुस्पकमारा पनि नेपालको प्राकृतिक सौन्दर्य र आफ्नो देशको मौलिक कलालाई क्यान्भासमा सजाउदै छन् ।
नेपाली कलाकार एरिना ताम्राकारले नेपाली प्राकृतिक सौन्दर्यलाई महिला बिम्बमा उर्तादै छन् भने कलाकार अनिता भट्टराईले यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई आफ्नो सृजनामा ल्याउदैछन् ।
यसै गरि नेपाली कलाकारहरु लोक÷ परम्परागत कलाकारहरु लोक चित्रकार, उदयचरण श्रेष्ठ र एस्सी सुमनले लोककलामा पनि नेपाली समसामयिक कलाको विम्ब प्रस्तुत गर्दैछन् । कलाकार ज्योतिप्रकाश विके, सुनिता राणा, जश्मीन राजभण्डारी, नम्रता सिंह र शुभ जोशीले आ– आफ्नो शैलीमा प्रकृति र लुकेका सौन्दर्यलाई कलामा प्रस्तुत गर्दैछन् ।
चार दिने सो आर्ट क्याम्पको अन्तिम दिन साउन १६ गते सृर्जित कलाको प्रदर्शनी गरिने संस्कृति मन्त्रालयका उप सचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।