चर्चामा ‘लिपस्टिक अन्डर माई बुर्का’, आखिर के छ फिल्ममा ?
screennepal
प्रकाशित: २०७४, २ श्रावण सोमबार
no img

काठमाडौं, २ साउन । बलिउड फिल्म ‘लिपस्टिक अन्डर माई बुर्का’ रिलिज अघि नै चर्चामा छ । यो फिल्म आउँदो २१ जुलाईमा रिलिज हुँदैछ । तर, यस फिल्मको बोल्ड र लिपस्टिकको कथाका कारण अन्तराष्ट्रियसम्म चर्चा पाएको छ ।
हुन त बोल्ड कथाकै कारण यो फिल्म रिलिज गर्नका लागि प्रोड्यूसरले निकै संघर्ष गर्नु परेको छ । तर, सेन्सर बोर्डले केही दृश्यमाथि कैची लगाएपछि २१ जुलाईमा रिलीज मिति तय गरिएको हो ।
यतिखेर यो फिल्मको प्रचारलाई तिव्र बनाइएको छ । भनिन्छ, ‘लिपस्टिक अन्डर माई बुर्का’ को कथा चार यस्ता महिलामा घुम्छ । जो समाजिक तथा आफ्नो महत्वकांक्षी सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन् । यतिमात्र नभएर यो फिल्म भोपालको एक सहरको कथा हो ।
यस फिल्मको प्रमोशनको सिलसिलामा फिल्मका प्रोड्यूसर प्रकाश झा समेत लागिपरेका छन् भने फिल्मका चारै मुख्य अभिनेत्री प्रमोशनमा जुटेका छन् ।
‘गंगाजल’, ’राजनीति’, ‘आरक्षण’ जस्ता फिल्म बनाइसकेका प्रोड्यूसर डायरेक्टर प्रकाश झाले भने, ‘एक रमाइलो फिल्म बनाउने सोच अनुसार ‘लिपस्टिक अन्डर माई बुर्का’ बनाएको हुँ ।’ (एजेन्सी)

Comments