ललितपुर योङ्मुदो संघमा तेन्जिङ
screennepal
प्रकाशित: २०७४, ३१ असार शनिबार
no img

काठमाडौं, ३१ असार । नेपाल योङ्मुदो संघअन्र्तगत फुपु तेन्जिङ शेर्पाको अध्यक्षतामा ६ सदस्यीय ललितपुर जिल्ला तर्दथ कार्यसमिति गठन भएको छ । शनिबार राजधानीमा बसेको भेलाले समिति गठन गरिएको अध्यक्ष शेर्पाले बताए ।

नेपाल योङ्मुदो संघ ललितपुर कार्यसमितिमा उपाध्यक्ष नाजिर हसैन, सचिवमा मिलन शाक्य र कोषाध्यक्षमा दिनेशानन्द शाक्य चयन भएका छन् भने सदस्यमा मञ्जु श्रेष्ठ र कृष्ण भट्टराई रहेका छन् । सात सदस्यमध्ये एक जना सदस्य ललितपुर जिल्ला खलकुद परिषदले नियुक्त गर्नेछ ।
नेपाल योङ्मुदो संघ विशुद्ध खेलकुद संस्था हो । नेपाल योङ्मुदो संघका केन्द्रीय उपमहासचिव लोकेन्द्र आचार्यका अनुसार यो खेल दक्षिण कोरियाबाट भित्रिएको हो । यो खेल राष्ट्रिय खेलकुद परिषदमा १७२ औ नम्बरमा दर्ता छ ।
नेपाल योङ्मुदो संघले खेलकुदमार्फत शारीरिक सुगठन, अनुशासन र मेलमेलापको कार्य गर्ने आचार्यले बताए ।

Comments