काठमाडौं, २६ असार । अभिनेत्री तथा निर्मात्री श्वेता खड्का ‘लिम्बुनी रुप’मा देखिएकी छन् । शिरफूल, कन्ठ, चेप्टेसुन तथा ढाका सारी जस्ता लिम्बु समुदायका युवतीमाझ लोकप्रिय गर–गहना र पहिरनमा सजिएकी श्वेताले तस्बिर आफ्नो फेसबुक वालमा शेयर गरेकी छन् । उक्त परिहनमा श्वेता निकै सुन्दर देखिएकी छन् ।
चलचित्र ‘कान्छी’ निर्माण गर्ने तयारी गरिरहेकी श्वेता पहिलोपटक लिम्बुहरुको कल्चरल पहिरनमा देखिएकी हुन् । जब उनले लिम्बु परम्परागत पहिरन लगाएको फोटो फेसबुकमा शेयर गरिन्, तब श्वेताले चर्चा पाइरहेकी छन् ।
अभिनेत्री श्वेताको यो लिम्बुनी स्वरुप कुनै फिल्म वा म्युजिक भिडियोको भने होइन । उनले एक रेमिट संस्थाका लागि उक्त फोटोसुट गराएकी हुन् ।