काठमाडौं, २५ असार । ढाकाविद् तथा द हाईल्याण्ड आर्टकी प्रोपाइटर कल्पना योङहाङ अमेरिकाको न्युयोर्कमा सम्मानीत भएकी छन् । केही साता दिनअघि लायन्स क्लवको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी कल्पनालाई किरात याक्थुङ चुम्लुङ न्युयोर्कले स्वागत तथा सम्मान प्रदान गरेको हो ।
लिम्बुहरुको संस्था चुम्लुङले एक कार्यक्रम गरी कल्पना ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर समेत रहेकी कल्पनालाई सम्मान गरेको हो ।
सम्मान ग्रहणपछि अनलाइनमा कुरा गर्दै स्क्रीन नेपालसँग कल्पनाले भनिन्, ‘यहाँ आएर चुम्लुङले सम्मान गरेकोहा खुसी लागेको छ ।’ उनले आफूलाई सम्मान प्रदान गर्ने न्युयोर्कस्थित चुम्लुङका अध्यक्ष दिपेश सुब्बा जबेगुलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई धन्यवाद व्यक्त गरिन् ।
अमेरिकाको सिकागोमा लायन्स क्लवको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेकी कल्पनाले भनिन्, ‘यहाँ पनि ढाका प्रवद्र्धनका लागि हिडिरहेकी छु ।’ उनले सिकागो, न्युयोर्क, टेक्सासलगायतका अमेरिकी सहरमा भ्रमण गरिरहेकी कल्पनाले भनिन्, ‘म यहाँ आउनुको उद्देश्य कार्यक्रम मात्र नभएर ढाका प्रवद्र्धन पनि हो । यसै अनुसार आफ्नो व्यवसायिक प्रवद्र्धन गर्दैछु ।’ उनका अनुसार ढाका कपडाको अमेरिकामा रहेको नेपालीमाझ पनि माग बढ्दो छ । यसलाई द हाइल्याण्ड आर्टले पूर्ति गर्ने लक्ष्य लिएको कल्पनाले बताइन् ।