सुदीपले ल्याउँदै ‘हावासँग उड्दै’
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
no img

काठमाडौं, २० असार । दर्जनौ गीतमार्फत दर्शक–श्रोताका मनमा बस्न सफल सुदीप शाही ठकुरीको नयाँ गीत आउने भएको छ । उनको ‘हावासँग उड्दै बादलसँग खेल्दै’ आउन लागेको हो ।
शुभ मुकारुङको शब्द रहेको यो गीतको केही दिनअघि मात्र रेकर्डिङ गरिएको थियो । प्रतिक थापाले संगीत गरेको यो गीतलाई चाडै दर्शक–स्रोतामाझ ल्याउने सुदीपले बताए । ‘एउटा फरक स्वाद लिएर छिट्टै आउँदै छु, मेरा विगतका गीतले जस्तै मनपराइदिनुहुनेछ भन्ने आशा राखेको छु,’ सुदिपले भने । गीतको भिडियोको तयारी भइरहेको उनले जानकारी गराए ।

Comments