राजाधानीमा आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
screennepal
प्रकाशित: २०७४, १७ असार शनिबार
no img

काठमाडौ, १३ असार । राजाधानीमा तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा शनिबारदेखि सुरु आदिवासी जनजाति चलचित्र महोत्सवको सभामुख ओनसरी घर्तीमगरले उत्घाटन गरिन् ।
पहिलोपटक आयोजना गरिएको यो महोत्सव १९ असारसम्म चल्नेछ भने विभिन्न विधाका १८ चलचित्र पर्दशन गरिनेछ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सुरु भएको यस
कार्यक्रम उद्घाटन समारोहमा आदिवासी जनजाती चलचित्र संघसंग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आ-आफ्नो जातीय पहिरनमा सजिएर संस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। आदिवासी जनजाति चलचित्र महासंघका अधक्ष्य अमृत सुनुवारका अनुसार महोत्सवमा हरेक दिन तीन वटा चलचित्र देखाइनेछ ।

Comments