याङ्जोमको ‘स्वास्थ्य चौकी भवन निर्माण अभियान’ २ महिनामै १० लाख जुट्यो !
screennepal
प्रकाशित: २०७४, २२ जेष्ठ सोमबार
no img

यसरी एउटा विकट गाउँमा स्वास्थ्य चौकी भवन निर्माणमा जुट्नको कथा बेग्लै छ, याङ्जोमसँग । उनले ८ वर्षकै उमेरमा स्वास्थ्य सेवाको अभावमा आमा गुमाउनु परेको थियो । भाईको जन्मदिँदा आमाको प्रसव पीडामा छटपट्टिएर निधन भएको बताउँदै याङ्जोमले भनिन्, ‘जहाँ मेरी आमा मात्र नभएर थुप्रै आमा तथा दिदी–बहिनीहरुले स्वास्थ्य सेवा नपाएर प्रसव पीडामै परेर अकालमा ज्यान गुमाएका छन् र गुमाउदै आएका छन् ।’

-एमपी सुब्बा

काठमाडौं, २२ जेठ । भनिन्छ, ‘काम गर्न गाह्रो तर, गरेपछि नाम बदल्न समय लाग्दैन’ सञ्चारकर्मी याङ्जोम शेर्पाको सन्दर्भमा यो भनाई चरितार्थ छ । स्टेज कार्यक्रम सञ्चालिकाको रुपमा चर्चामा बटुलेकी याङ्जोमको अर्को परिचय थपिएको छ, त्यो हो सामाजिक अभियानकर्ता ।
करिब दुई महिनायता आफ्ना नीीज सबै कामलाई ताँती राखेर आफ्नो गाउँ ताप्लेजुङको घुन्सामा स्वास्थ्य चौकी भवन निर्माणमा जुटेकी छन् याङ्जोम । जहाँ स्वास्थ्य सेवा तथा उपचार नपाएर धेरैको ज्यान जाने गरेको छ ।
ताप्लेजुङ सदरमुकामबाट चार दिनको पैदल यात्रापछि पुगिने जिल्लाको विकट गाउँ घुन्सामा जब याङ्जोमले स्वास्थ्य चौकी भवन निर्माण अभियान सञ्चालनमा ल्याइन्, तब उनको यो मानवीय अभियानमा देश–विदेशबाट साथ पाइरहेका छन् । आफ्नो हातमा सहयोगी हातहरु पाउँदा याङ्जोम पनि खुसी छिन् । उनी भन्छिन्, ‘जीवनसँग प्रतक्ष्य जोडिएको स्वास्थ्य सेवा भएकाले होला मेरो अभियानमा साथ पाइरहेकी छु ।’

ghunsa

Ghunsa

सामाजिक सञ्जाल फेसबुक र ट्विटरलगायतबाट अभियान सुरु गरेको करिब दुइ महिनामै करिब १० लाख रुपैयाँ जुटिसकेको याङ्जोमले बताइन् । उनको ४इ लाख रुपैयाँ विभिन्न दाताहरुबाट संकलन गर्ने लक्ष्य लिएकी छन् किनकि स्वास्थ्य चौकी भवन निर्माण खर्चको ठ्याक्कै त्यति नै लाग्ने भएको छ । ४० लाख रुपैयाँ संकलन नभएसम्म आफ्नो अभियान जारी राख्ने पनि याङ्जोमले बताइन् । ‘अभियान सुरु गरेपछि बिचैमा छाड्नु भएन’ याङ्जोमले भनिन्, ‘त्यसैले मैले अब ४० लाख जुटाउनैपर्छ ।’
घुन्सामा करिब दुई वर्षअघि याङ्जोम र गाउँका अगुवाईको पहलमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । तर, इकाई स्थापना भएर पनि भवनको अभावका कारण घुन्सा निम्न माध्यमिक बिद्यालयको एउटा कोठाबाट सञ्चालन भइरहेको छ भने स्थानीयलाई दुई जना स्वास्थ्य सेविकाले सेवा दिँदै आएका छन् । ती कर्मचारीको मासिक खर्च भने एचडीएफए नामक संस्थाले बेहोर्दै आएको याङ्जोमले बताइन् । उनको अभियान हालको इकाईलाई स्वास्थ्य चौकीमा परिवर्तन गरी आफ्नो भवनमा राख्ने र दायरा बढाउने हो ।
यसरी एउटा विकट गाउँमा स्वास्थ्य चौकी भवन निर्माणमा जुट्नको कथा बेग्लै छ, याङ्जोमसँग । उनले ८ वर्षकै उमेरमा स्वास्थ्य सेवाको अभावमा आमा गुमाउनु परेको थियो । भाईको जन्मदिँदा आमाको प्रसव पीडामा छटपट्टिएर निधन भएको बताउँदै याङ्जोमले भनिन्, ‘जहाँ मेरी आमा मात्र नभएर थुप्रै आमा तथा दिदी–बहिनीहरुले स्वास्थ्य सेवा नपाएर प्रसव पीडामै परेर अकालमा ज्यान गुमाएका छन् र गुमाउदै आएका छन् ।’
हिजोमाज याङ्जोम त्यहाँका सबैको पीडा बिसाउँने चौतारी बनेकी छन् । आमाको निधनपछि ९ वर्षकै उमेरमा घुन्सा छाडेर तेह्रथुमको आठराईमा आफ्नो फुपुसँग बस्न थालेकी याङ्जोमले भनिन्, ‘त्यसपछि काठमाडौं आएँ । एकैचोटी १७ वर्षपछि केही वर्षअघि म जन्मेको गाउँ घुन्सा पुगेकी थिए । त्यतिखेरै स्वास्थ्य इकाई स्थापना गर्ने पहल गरेकी थिएँ ।’
याङ्जोमले अहिले आफ्नो अभियानलाई तिव्र बनाएकी छन् । कार्यक्रम सञ्चालिकाको रुपमा समेत देखिन थालेकी छन् । उनी २४सै घन्टाजस्तो मोबाइल फोनमा हुन्छिन् । र, आफ्नो अभियानबारे देश–विदेशमा जानकारी गराउँदै आएकी छन् ।
‘यो सामाजिक सञ्जालले ठूलो साथ दिएको छ’ उनले भनिन्, ‘फेसबुकलगायतका सामाजिक सञ्जाल नभएको भए मैले यो अभियान सञ्चालन गर्न कहाँ सक्थे होला र ?’ हुन पनि लोकप्रिय सञ्जालमार्फत सामाजिक अभियान चलाएर याङ्जोमले दाताबाट १० लाख जुटाउन सफल भएकी छन्, त्यो पनि छोटो समयमा ।
यो दुई महिनाको अवधिमा इजरायल ताप्लेजुङ समाज युएई, चाँगे धर्ति आमा समाज हङकङ, क्यानडा, घले समाज हङकङ, शेर्पा समाज सिंगापुर, युके, अमेरिका, मलेसिया, दक्षिण कोरिया, जापान, अष्ट्रलियालगायतका मुलुकबाट आफ्नो अभियानलाई सहयोग गरेको याङ्जोमले बताइन् । त्यस्तै, गो फाउण्ड डटकमबाट समेत रकम संकलन भइरहेको याङ्जोमले सुनाइन् । याङ्जोमको लक्ष्य छ, घुन्सामा सुविधा सम्पन र आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने जबकि, कसैले अकालमै ज्यान मृत्युवरण गर्नु नपरोस् ।’
तत्काललाई व्यक्तिगत रुपमा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्दै आएकी उनले चाँडै संस्थागत रुपमा लाने बताएकी छन् । एक सामाजिक संस्था स्थापना गरेर सेवा सेवा गर्ने लक्ष्य लिएकी याङ्जोमले भनिन्, ‘त्यसपछि स्वास्थ्य चौकीको रेखदेख त्यही संस्थाबाद्द हुनेछ । बाँकी जनस्वास्थ्यले गर्नेछ ।’
याङ्जोमको यो मानवीय तथा सामाजिक अभियानमा सहयोग गर्न चाहनेहरुले तलको बैंक एकाउन्टमा रकम जम्मा गर्न सक्नुहुनेछ अर्थात् उनको फेसबुक र पेजबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

सहयोगका लागि
नेपाल इन्भेष्टमेन्ट बैंक खाता नं.
०१२०५०८०३४१९८१

Ph No- 9841897613

फेसबुक/पेज

https://www.facebook.com/nepaliyangzom

https://www.facebook.com/yangzomsherpa

Comments