यसपटक हेटौडामा ‘डि–सिने अवार्ड’
screennepal
प्रकाशित: २०७४, २ जेष्ठ मंगलवार
no img

काठमाडौं, २ जेठ । यसपटक ‘डि–सिने अवार्ड’  हेटौडामा हुने भएको छ । नौं बर्षयता नियमित आयोजना यो अवार्ड गत बर्षदेखि मोफसलमा हुँदै आएको छ । डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित यो अवार्डले डिजिटल प्रविधिको विकाससँगै आपÞmुलाई पनि पÞmैल्याउदै आयोजकले जनाएको छ ।
यो अवार्ड गतबर्ष पोखरामा आयोजना भएको थियो । यस वर्षका लागि अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरीहरुबाट फिल्म हेर्ने कार्य भइरहेको छ । छायाँछवि क्रियशनद्वारा आयोजित ‘डि–सिने अवार्ड’ को सुरुबाटै जुरीका रुपमा कलाकार एवं लेखकरनिर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहँदै आएका छन् ।
अवार्डमा ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौ बर्षको अवसरमा दर्ता शुल्क पनि नौ सय रुपैयाँ रहेको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।
उनका अनुसार अघिल्लो बर्षदेखि अवार्डलाई मोफसलमा गर्दै आएको र त्यसलाई निरन्तरता दिन यसबर्ष अवार्ड हेटौडामा गर्न लागिएको हो ।

Comments