अति सुन्दर भएपछि यि नायिकालाई सरकारले लगायो प्रतिबन्ध !
screennepal
प्रकाशित: २०७४, १६ बैशाख शनिबार
no img

काठमाडौ, १६ बैशाख । कतिपय युवती आफु सुन्दर नहुँदा निरास छन् । तर, कोही भने चाहे भन्दा बढी सुन्दर भएर तनाबमा । यस्तै, २४ वर्षीया कम्बोडियाली नायिका डेनी ननलाई तनाब छ । उनले एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ ।
कम्बोडियाली सरकारका अनुसार मिस नन आवश्यकभन्दा बढि सेक्सी छिन् जसका कारण उनलाई प्रतिबन्ध गरिएको छ ।
कम्बोडिया संस्कृति र आर्ट मिनिस्ट्रिका अनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरिरहेको छ । फेसबुकमा उनको संसारभरबाट ३ लाखभन्दा धेरै फलोअर्स छन् ।

IMG_6269
यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् ।
नन भन्छिन्, ‘कम्बोडियामा थुप्रै सेक्सी कलाकार छन् । कोही त सुटिङका बेला मभन्दा बढि सेक्सी पोज दिने गर्दछन्, चुम्बनका दृश्य दिन्छन्, बेड सिन दिन्छन् ।’
ननले तस्बिर पोष्ट गर्ने बेला अब धेरै सेक्सी देखिने फोटो सार्वजनिक नगर्ने बताएकी छिन् । यद्यपी, आफू प्राकृतिक रुपमा नै सेक्सी देखिने गरेको उनको भनाई छ ।
यता डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोउन वंथाले भने, ‘मिस ननलाई यो सजायँ दिइएको हो किनभने उनले मन्त्रालयलाई गत मे महिनामा दिएको लिखित प्रतिबद्धतालाई पूरा गर्न असफल भएकी छिन् ।’
ननले एक कम्बोडियाली पत्रिकालाई भनिन्, ‘जब संस्कृति मन्त्रालयका मानिसहरुले मलाई पहिलो पटक बोलाए तब उनीहरुले मलाई छोरीलाई जस्तै गरी सम्झाए । मेरो मान्यता यो छ कि मलाई आफूले चाहेको जस्तो लुगा लगाउन अधिकार छ ।’
ननले भनिन्, ‘मन्त्रालयको आचार संहिताको लक्ष्य कला र संस्कृतिको संरक्षण गर्नु, देशको पहिचान र कलामा पर्ने नकारात्मक प्रभावलाई रोक्नु हो ।’ (एजेन्सी)

Comments