१४ बैशाखबाट ‘शरदका पातहरु’
screennepal
प्रकाशित: २०७४, ८ बैशाख शुक्रबार
no img

काठमाडौ, ८ बैशाख । चलचित्र ‘शरदका पातहरु’ निर्माण हुने भएको छ । चलचित्रको राजधानीमा एक कार्यक्रमबीच शुभमूर्हत गरिएको छ ।
एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको यस चलचित्रलाई समाजिक तथा प्रेमकथामा आधारित हुने बताइएको छ । कथा टिएन भण्डारीको रहेको यस चलचित्रमा सुभाष मेचे र श्रेया दुलालका अलावा अजित राई, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जिएम, श्यामकुमार राईलगायतको अभिनय रहनेछ ।
राज्य राई देमिनको निर्देशन रहने ‘शरदका पातहरु’ मा सागर दराईको निर्माण र सह–निर्माता मोहन राई ‘बृहस्पति’ र अनितादेवी तामाङ रहेका छन् । कुमार श्रेष्ठको द्धन्द्ध रहने चलचित्रमा प्रकाश दुमी राईको गीत, निर्देशक स्वयंकोे संगीत रहनेछ । ओमन रानाको नृत्य निर्देशन, रहने ‘शरदका पातहरु’को १४ बैशाखबाट छायाँकन हुने बताइएको छ । यो चलचित्र पूर्वको धरान, धनकुटा र भेडेटारलगायतका स्थानहरुमा छायाँकन गरिने बताइएको छ ।

Comments