काठमाडौं, ४ बैशाख । फिल्म ‘काउसो’ बन्ने भएको छ । फिल्मका शुकबार राजधानीमा एक कार्यक्रमबीच शुभमुहूर्त गरिएको छ । अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती रहेको यस फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।
यही १५ गतेबाट छायाँकन हुने भनिएको ‘काउसो‘मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुलीलगायतको अभिनय रहनेछ ।
‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने निर्माता भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।