पोखरामा आदिबासी जनजाति चलचित्रर्मीबीच अन्तरक्रिया
screennepal
प्रकाशित: २०७३, १९ चैत्र शनिबार
no img

पोखरा, १९ चैत । आदिबासी जनजाति चलचित्रर्मीबिच एकदिने अमुर्त सांस्कृतिक सम्पदा बिषयक अन्तरक्रिया गरिएको छ । आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा नेपाल पर्यटन बोर्ड, पोखरा कास्कीको हलमा शुक्रबार कार्यक्रम गरिएको हो । कार्यक्रमा देशभरीबाट बिभिन्न जातिको प्रतिनिधित्व गर्दै ८५ जना चलचित्रकर्मीले सहभागीता जनाएका थिए ।
कार्य अब मौलिक नेपाली चलचित्रको प्रतिनिधित्व बास्तवमै आदिबासी जनजाति चलचित्रले गर्ने भएको हुदाँ यस्ता बिबिध साँस्कृतिक पक्षको अध्ययन गरि चलचित्रमा उतार्नुपर्ने कलाकारहरुले बताए । चलचत्रि बिकास बोर्ड समस्या समाधान गर्न तत्पर रहेको बोर्डले जनाएको छ ।

20170331_111823
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका बरिष्ठ अधिकृत प्रदीप बज्रचार्यले अब डिजिटलको समय आएको हँदा चलचित्रको महत्व बढ्दै गएको बताए । कार्यक्रमलाई समापन गर्ने क्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले आदिबासी जनजाति चलचित्रकर्मीहरु नेपाल हरेक आदिबासीको भाषिक, साँस्कृतिक पक्षलाई जिवन्त राख्ने प्रयास गरिरहेको बताए ।
कार्यक्रमका लागि आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आंशिक रुपमा आर्थिक सहयोग गरेका थिए । श्रोत ब्यक्ती सोम धिमालले सहजिकरण गरेको कार्यक्रम उपलब्धीमूलक भएको बताइएको छ ।

Comments