यस्तो देखिइन् ‘लिम्बूनी माला’ ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, १६ चैत्र बुधबार
no img

Mala Limbu (5)

काठमाडौं, १६ चैत । मोडल तथा अभिनेत्री माला लिम्बू प्राय हट आइटममा देखिन्छिन् । सेक्सी तथा ग्ल्यामरस लुक्सकी मालालाई आफ्नो कल्चरल पहिरनमा कस्तो देखिएला ? एक किसिमले उनका प्रशंसकमा मालाप्रतिको यस्तै चासो थियो । तर, त्यो चासो र कौतुहलतालाई एक लिम्बू गीतको भिडियोमा मोडलिङ गरेर मेटाएकी छन् ।

Mala Limbu (2)

‘मिम्जियोङ इदाक इक्सु लआःबे’ बोलको लिम्बू भाषाको गीतको भिडियोमा माला लिम्बू भेषभूषा र गरगहनामा देखिएकी छन् अर्थात उनी भिडियोमा रियल लाइफमा झैं लिम्बूनी बनेकी छन् ।
‘मिम्जियोङ इदाक इक्सु लआःबे’ गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक लोकेन सावाले निर्देशन गरेका हुन् ।

Mala Limbu (1)

राजधानी आसपासमै छायांकन गरिएको यस भिडियोमा लिम्बू समुदायको सांस्कृतिक पक्षलाई उजागर गरिएको निर्देशक साँवाले बताए । उनका अनुसार भिडियोमा लिम्बू जातीमा प्रचलित ‘सिलाम साक्पा’ को नौ अर्थमध्ये एक अर्थ खोजिएको छ ।

Mala Limbu (6)
कलाकार यासेली योङहाङको शब्दरचना रहेको यस गीतको संगीत अशोक लोहरुङले गरेका हुन् भने स्वरसुस्मा लिवाङ र मान तबेबुङ ‘नाजाम’को रहेको छ । भिडयोमा मालासँगै घनेन्द्र नेम्बाङले अभिनय गरेका छन् । यस भिडियोलाई यसै साता सार्वजानिक गर्ने निर्देशक साँवाले बताए । मालाका लागि डे«स सिक्वेन्स फेसन हाउसकी रुपा आङबुहाङले तयार गरेकी हुन् ।

फोटो : सुक तुम्रोक

Mala Limbu (3) Mala Limbu Mala Limbu (4)

Comments