‘मिङ्सो’ पाँचथरमा सार्वजनिक
screennepal
प्रकाशित: २०७३, २८ फाल्गुन शनिबार
no img

mingso

काठमाडौं, २८ फागुन । ‘मिङ्सो’ नामक भिसिडी एल्बम सार्वजनिक भएको छ । गायक तथा संगीतकार राजेन्द्र केरुङको यस भिडियो एल्बमलाई पाँचथरको सदरमुकाम फिदिममा एक समारोहबीच सार्वजनिक गरिएको हो । याक्थुङ मुन्चइत चोक सयङ पाँचथरद्वारा आयोजित कार्यक्रममा एल्बमको लोकार्पण किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव निरन्ती तुम्बापोलगायतले गरेका थिए ।

mingso 1
सागर केरुङ, रानीटारे साइँला र यादन शेर्माको शब्दरचना रहेको यस किरात लिम्बू भाषाको एल्बमका गीतहरुको भिडियो निर्देशन लोकन साँवा लिम्बुले गरेका हुन् ।
पाँचथर, इलामलगायत पुर्वको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको ‘मिङ्सो’ मा पाँच वटा गीत रहेका छन् । जसमा राजकुमार आङ्देम्बे, रविना लिङ्देन, मेडिन कन्दङ्वा लिम्बू, मौसम कन्दङ्वा, दीलिप केरुङ, मीना मादेन र आयुश साम्बाले अभिनय गरेका छन् ।
भुपेन्द्र तुम्बाहाम्फे र सुमन वनेमले खिचेको ‘मिङ्सो’ का गीतहरुको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Comments