कञ्चनले किन अडियोमै भने, ‘आऊ प्रिये…’ (अडियो सुन्नुस्)
screennepal
प्रकाशित: २०७३, १२ फाल्गुन बिहीबार
no img

kanchan

काठमाडौं, १२ फागुन । म्युजिक भिडियो बनाएर यु–ट्युबमा अपलोड गर्नु कलाकारका लागि अनिवार्य भइसकेको छ । हिजोआज गायक÷गायिकाहरु म्युजिक भिडियो बनाएर टेलिभिजनलाई दिन भन्दा पहिले यु–ट्युबमा रिलिज गर्छन् ।
यु–ट्युबमा भ्युअर्सको संख्या हेरेर गीत हिट र फ्लप छुट्टाउन थालिएपछि यस्तो अवस्था आएको हो । तर, पछिल्लो दिनमा आएर भने भिडियोभन्दा पनि पहिले अडियो नै यु–ट्युबमार्फत रिलिज गर्न थालिएको छ । यसो गर्दा भिडियो हिट हुने गायक तथा गायिकाको विश्वास छ । पछिल्लो समय चर्चामा आएको गीत ‘साइँली’ पनि भिडियोभन्दा पहिले अडियो रिलिज गरिएको थियो ।
यस्तै, गायक कञ्चन थलङले पनि एउटा प्रेम गीतको अडियो यु–ट्युबमा रिलिज गरेका छन् । गएको प्रेम दिवशकै दिन कञ्चनले ‘आऊ प्रिये…’ बोल गीतको अडियो यु–ट्युबमा रिलिज गरेका हुन् । गीत साँच्चीकै आफ्नो प्रियलाई सुनाऊ–सुनाऊ किसिमको छ अर्थात् कञ्चनले यो प्रेम गीत मिठासपूर्ण गाएका छन् । थुप्रै गीतमा स्वर दिइसकेका कञ्चनले भने, ‘अब चाँडै यस गीतको भिडियो बनाउँदैछु ।’ भिडियो बनाउनुभन्दा अगाडि अडियो रिजलबारे उनले भने, ‘दर्शक तथा श्रोताले यो गीतलाई कतिको रुचाउँछन् भनेर ट्राइल स्वरुप अडियो रिलिज गरेको हुँ ।’
कृष्ण थाङ्देनको शब्द र उत्तमजंग लिम्बूको संगीत रहेको यो गीत कञ्चनको ‘याद’ एल्बमका लागि हो । उनले ‘याद’ पनि निकट समयमै ल्याउने बताए । लिम्बुवान आइडलसमेत रहेका कञ्चनले पछिल्लो समय आफूलाई गायनमै व्यस्त गराउँदै आएका छन् । पुर्वेली लोकभाकादेखि हाक्पारे पालमसम्म गाउँदै आएका कञ्चनले भने, ‘म सबै प्रकारका गीत गाउन तयार छु ।’

Comments