औद्योगिक प्रदर्शनीमा ढाका आर्कषण !
screennepal
प्रकाशित: २०७३, १२ फाल्गुन बिहीबार
no img

dhaka (2)

काठमाडौं, १२ फागुन । राजधानीको भृकुटीमण्डपमा २८औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी बिहीबारबाट सुरु भएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको प्रदर्शनी १७ फागुनसम्म चल्नेछ ।

dhaka (3)
प्रदर्शनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहेको छ ।
प्रदर्शनीमा यसपटक ढाका कपडा आर्कषण रहेको छ । प्रदर्शनीमा द हाइल्याण्ड आर्ट, गोकर्णलगायत देशका विभिन्न जिल्लाबाट पनि ढाका प्रदर्शनीका लागि स्टल राखिएका छन् ।

dhaka (4)

प्रदर्शनी उद्घाटनकै दिन बिहीबार द हाइल्याण्ड आर्टको स्टल नं. ११ र १२ मा ग्राहक तथा अवलोकनर्ताको भीड देखिएको थियो । ढाका कपडा र पहिरनका लागि चर्चित द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी सञ्चालक, फेसन डिजाइनर तथा ढाकाविद् कल्पनाका अनुसार प्रदर्शनीबाट विक्री वितरण समेत गरिनेछ ।

dhaka
प्रदर्शनीमा रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, अल्लोबाट निर्मित सामान तथा छालाजन्य वस्तुहरु राखिएका छन् ।

dhaka (1)

Comments