गोदावरीमा केकीको लचक्दार नृत्य (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ फाल्गुन शुक्रबार
no img

1

काठमाडौं, ६ फागुन । अभिनेत्री केकी अधिकारीले अभिनय गरेको ‘हेरी तिम्रो नजर’ मा बोल गीतको भिडियो सार्वजनिक भएको छ ।  गायिका बसन्ता प्रकृतिको ‘मनमा’ एल्बममा  समावेश उक्त गीतको भिडियोमा केकीले आफ्नो लचक्दार कम्मर मर्काएकी छन् । गीतकार दीपक कौडिन्याको शब्द र चण्डीप्रसाद काफ्लेले संगीत भरेको सार्वजनिक गीतको भिडियोमा केकीसँगग निकित बिकले रोमान्स गरेका छन् ।
अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोको सुरेन बस्यालको कोरियोग्राफी गरेका हुन् । राजन इशानको एरेन्ज रहेको गीतको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् । सार्वजनिक गीतको अडियो  भाईब्स क्रियसले तयार गरेको हो ।

Comments