अजयको सेलोमा ‘खै तिला खै के भो’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २५ माघ मंगलवार
no img

काठमाडौं, २५ माघ । गायक अजय लामाको आवाजमा भर्खरैमात्र नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । ‘खै तिला खै के भो’ बोलको उक्त गीतमा उमेश लामाले संगीत भरेका छन् भने र्याप पनि स्वयं लामाले नै गाएका छन् ।
गीतको संगीत संयोजन सुन्दर लामाको रहेको छ भने भिडियोलाई अहिलेका व्यस्त युवा निर्देशक प्रेम लामा शाइनले निर्देशन गरेका छन् । अरुण न्यौपानेको छायांकन रहेको भिडियोमा सन्तोष राजबाहकको कारियोग्राफी रहेको छ । भिडियोमा कमल सिंह र राहिनी लामाको अभिनयलाई हेर्न सकिन्छ । विकाश ज्ञवालीले यस भिडियोमको सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=C5_Z7rX0ZsY&feature=youtu.be

Comments