‘खुल्लाम खुल्ला प्यार’ मा निखिल–नीता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १० माघ सोमबार
no img

Nikhil

काठमाडौं, १० माघ । एक्शन अभिनेता निखिल उप्रेती र नीता ढुंगाना स्टारर रहेका फिल्म ‘निर्भय’को पहिलो भिजुअल कन्टेन्ट सार्वजनिक भएको छ । निर्माण ब्यानर प्रसिद्धी सिने आर्ट्सले सोमबार फिल्ममा समावेश रोमान्टिक प्याटनको अफिसियल गीत यु–ट्युवमा रिलिज गरेको हो ।
सार्वजनिक ‘खुल्लाम खुल्ला प्यार’ बोलको गीतमा निखिल र नीता फिचरिङमा छन् । गीतमा अर्जुन पोखरेलको संगीत छ । प्रमोद खरेल र अञ्जु पन्तले स्वर भरेको गीत रोमान्टिक लाग्छ । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । लोक तथा आधुनिक दुवै प्याटन बोल्ने डान्सिङङ गीत दर्शक श्रोताले मन पराउने अपेक्षा निर्माण टिमले राखेको छ ।
चैत्र ११ लाई प्रदर्शन मिति तय गर्दै केहिदिन पहिले फस्र्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले ‘हिट’ हुने विश्वाससहित ‘खुल्लाम खुल्ला प्यार’ सार्वजनिक गरेको हो, निर्देशक मधुसुदन भट्टराईको तर्क छ ।
फिल्ममा निखिल र नीतासँगै प्रदिप ढकाल, विकास चापागाइं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारीलगायतको अभिनय छ । यस चलचित्रलाई देवीप्रसाद पाण्डे निर्माण गरेका हुन् ।

Comments