गरिमाको राम भने नि, कृष्ण भने नि दिक्पाल ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, १६ भाद्र सोमबार
no img

काठमाडौं । ‘रिल’ र ‘रियल’ फरक हुन्छ । यो कुरा फिल्ममा अभिनय गर्ने कलाकार विशेषगरी अभिनेता÷अभिनेत्रीले पक्कै अनुभूति गरेकै हुनुपर्छ । नत्र, मोडल तथा अभिनेता दिक्पाल कार्कीलाई सोधे पनि हुन्छ । अभिनेत्री गरिमा पन्त र दिक्पाल ‘रिलय’ मा नजिक छैनन् । यसो भनेर उनीबीच दुश्मनी पनि छैन । फिल्म ‘रंग बैजनी’ को एक महिना लामो सुटिङ अवधिमा समेत यी दुई नजिक हुन सकेनन् । किन त ? कारण उनीहरुलाई थाहा होला । तर, फिल्मको ‘रिल’ मा भने दिक्पाल भनेपछि गरिमा मरिहत्ते गर्छिन् ।
rang-baijani-garima-panta
केही दिनअघि ‘रंग बैजनी’ को एउटा गीत सार्वजनिक गरिएको छ, जसमा गरिमाले दिक्पाललाई ‘राम र कृष्ण’ दुवै ठान्छिन् । गीतमा गरिमाले भन्छिन्, ‘राम तिमी नै  कृष्ण तिमी नै’ । १२ वर्षपछि शम्भु प्रधानले निर्देशन गरेको फिल्ममा दिक्पाल गरिमा र सुमिना घिमिरेसँग देखिँदैछन् । फिल्ममा दिम्पाललाई पाउन गरिमा र सुमिनाको शितयुद्ध चल्छ भन्ने यो गीत हेरेर÷सुनेर पनि थाहा हुन्छ ।

https://www.youtube.com/watch?v=AXIb0iyn4y4

Comments