भक्तपुर साहित्यिक समाजको तीन स्रष्टालाई सम्मान
screennepal
प्रकाशित: २०७३, २६ पुष मंगलवार
no img

भक्तपुर, २६ पुस । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टालाई सम्मान गरेको छ ।

new-image-1

भक्तपुर ठिमीको यचुपार्टी प्यालेसमा भएको कार्यक्रममा इलामका ८० वर्षीय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनिहरुलाई सम्मान गरेका थिए ।

new-image
समाजको १८औं स्थापना दिवसको अवशरमा स्रष्टा सम्मान सँगै ५७ औं शृङ्खला पनि संचालन गरिएको थियो । शृङ्खलामा समाजबाट पुर्व सम्मानित स्रष्टाहरु रोशनकुमार राजभण्डारी, धनमान श्रेष्ठ, तिलकप्रकास श्रेष्ठ र हरिहर तिमिल्सिनाले सृजना वाचन गरेका थिए ।
प्रतिष्ठानका कुलपति उप्रेतीले भक्तपुर साहित्यिक समाजले गरेको स्रष्टा सम्मानको प्रशंसा गर्दै भने, उचित व्यक्तित्वहरुलाई छनौट गर्न सफल भएको बताए । कार्यक्रममासमाजलाई योगदान दिने विभिन्न साहित्यकार र व्यक्तीहरुलाई कदरपत्र समपर्ण गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । समाजका अध्यक्ष राजुराम मुनकर्मीले आगामी ५८ औं साहित्यिक वाचनको विशेष तयारी भइसकेको बताएको छ ।

Comments