किन मख्ख छिन् त यी अभिनेत्री ?
screennepal
प्रकाशित: २०७३, २१ पुष बिहीबार
no img

काठमाडौं, २१ पुस । हलिउड अभिनेत्री एमा स्टोन हिजोआज निकै मख्ख छिन् । पछिल्लो आफ्नो फिल्म ‘ला ला ल्याण्ड’को भूमिकालाई लिएर सर्वत्र तारिफ भइरहेको बेला उनी मख्ख हुनुको सामान्य हो । तर, उनलाई मख्ख पार्ने विषय भने अरु नै छ ।

emma-stone
सामाचारमा जनाइएअनुसार पारिश्रमिक लिने सवालमा आफूमाथि भेदभाव नहुने गरेको तथ्यले उनलाई मख्ख बनाएको हो । ‘पुरुष कलाकारले लिनेजति नै पारिश्रमिक मैले असुल्ने गरेको छु’ यी अभिनेत्रीले भनेकी छन्, ‘हलिउडमा पारिश्रमिक लिने सवालमा महिला र पुरुषबीच विभेद छ । तर, म यस्तो विभेदको शिकार भएकी छैन ।’
केही समययता आफूले पुरुष कलाकारकै जति पारिश्रमिक पाए पनि महिलामाथि विभेद भने हलिउडमा अझै कायम रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् । तर, उनले एउटा फिल्म बराबर कति पारिश्रमिक लिने गरेकी छन्, त्यो भने बताएकी छैनन् ।

Comments