नुमाको दिदी बनेपछि यस्तो देखिइन् निशा (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
no img

film-dussahas-4

शब्द : एमपी सुब्बा

तस्बिर : सुनिल राजभण्डारी /स्क्रीन नेपाल

काठमाडौं, १९ पुस । राजधानीको सरस्वतीनगरस्थित एक घरमा मंगलबार निशा नुमालाई फकाउँदै थिइन् । नुमाको कपाल कोरिदिँदै निशाले भनिन्, ‘राम्री भएर नुमा स्कुल जानुपर्छ ल ।’ तर, नुमालाई भने आफ्नी ममीको यादले आफ्नो आँखा रसाइन् । नाताले निशा र नुमा एकै घरका दिदीबहिनी हुन् । दिदी भएकै  जिम्मेवारी पूरा गर्न निशाले नुमालाई पकाएर स्कुल पठाउनुछ । दिदीले कपाल कोरिदिँदै गर्दा बहिनी नुमाले भनिन्, ‘दिदी मलाई मम्मीको याद आयो ।’ त्यसैबेला छेउबाटै आवाज आयो ‘कट’, जहाँ दिनेश लिङ्देन थिए ।

film-dussahas-2
प्रशंग नेपाली चलचित्र ‘दुस्साहस’को हो, जहाँ मंगलबार दिउँसो निशा (निशा पोमु) र बहिनी नुमा (बालकलाकार सुनिता लिङ्देन) को दृश्य क्यामेरामा कैद हुँदैथियो । चलचित्र ‘दुस्साहस’लाई दिनेश लिङ्देनले निर्देशन गरिरहेका छन् ।
लञ्च ब्रेकमा स्क्रीन नेपालको क्रियु छायांकन स्थल पुगेको थियो । हुन त त्यो ब्रेक लञ्चको मात्र नभएर सानीनानी सुनिता (चलचित्रमा नुमा) को पर्खाइ पनि रहेछ । निर्देशक दिनेशले भने, ‘नानी आएपछि सुटिङ सुरु भइहाल्छ ।’ त्यसअघि बिहानै केही दृश्य छायांकन गर्न भ्याइसकेको पनि उनले भन्न भ्याए ।

film-dussahas-3
जब बालकलाकारलाई सुनितालाई लिएर उनकी आमा आइन् । त्यतिखेर प्राविधिकले कोठमा सेट तयार गरिसकेका थिए । निर्देशक दिनेशले नुमा र निशालाई स्क्रिप्ट देखाउँदै भने, ‘ल रेडी, हामी अहिले यही दृश्य लिन लागेका हौ ।’ उनले निशा र नुमालाई एकछिन रिर्हसल गराएर चलचित्रका छायांकार ज्ञानु राईलाई भने, ‘ल टेक लिऊँ ।’ माथि उल्लेखित संवाद त्यही ‘टेक’पछिको हो ।

film-dussahas-1
फाल्गुनन्द लिङ्देन फिल्मस् र नेपाल चलचित्र युवा मञ्चको संयुक्त ब्व्यानरमा निर्माण भइरहेको चलचित्र ‘दुस्साहस’ बाट मोडल निशा पोमुले अभिनेत्रीमा डेब्यु गर्न लागेकी हुन् । आफ्नो डेब्यु चलचित्र भएकाले निशाले निकै मिहिनेत गरिरहेको बताइन् । निशाले भनिन्, ‘चलचित्रमा अभिनय गर्न मोडलिङ गरेजस्तो सजिलो नहुँदोरहेछ । तर, सकेसम्म मिहिनेत गरिरहेकी छु ।’ थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी निशाले भनिन्, ‘चलचित्रमा काम गर्नु एक किसिमको रमाइलो हुँदोरहेछ ।’
नुमा अर्थात् सुनिताले पनि यसै चलचित्रमार्फत बालकलाकारमा डेब्यु गर्न लागेकी हुन्, जो निर्देशक दिनेशकै छोरी हुन् ।

film-dussahas
अपराधी प्रवृतिको दुस्साहस गर्ने कसैलाई आँट नहोस् भन्ने सन्देश बोकेको ‘दुस्साहस’ मा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको अभिनय रहनेछ । यो चलचित्रमा संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ । एक सातायता राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको ‘दुस्साहस’ को एक गीतको छायांकन भइसकेको पनि निर्देशक दिनेशले बताए । उनले भने, ‘अब हामी केही दिन इण्डोर गछौं, त्यसपछि मात्र बाहिर निस्किन्छौं ।’ – शुटिङ रिर्पोट

Comments