काठमाडौं, १२ पुस । गायक तथा संगीतकार रोज लिम्बूले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अबको तीन सातामा अरु पनि तीन भिडियो सार्वजनिक गर्ने उनले बताएका छन् । यसपटक भने रोजले ‘हाम्रो बाजे बोजुले’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् । जुन गीतमा राजेकै स्वर, संगीत र शब्द रहेको छ । यो गीत रोजको ‘रिमाइण्ड’ एल्बमको हो ।
लामो समयदेखि मोफसलमा बसेर नेपाली गीतसंगीतमा क्रियाशील हुँदै आएका रोजले भिडियो सार्वजनिक गरेपछि भने, ‘लगतै अरु तीन भिडियो पनि आउँदैछ मेरो ।’ उनले सातामा एउटा आफ्नो म्युजिक भिडियो सार्वजनिक गर्ने बताए ।
यहाँ प्रस्तुत गीतको भिडियोलाई उनैले निर्देशन गरेका हुन् । पुर्वी नेपालमा छायांकन गरिएको यस गीतको भिडियोमा कृपा लिम्बू र झरना लिम्बूले अभिनय गरेका छन् । तल प्रस्तुत गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन रोजले दर्शक तथा श्रोतासँग आग्रह पनि गरेका छन् । उनले भने, ‘राम्रो वा नराम्रो जे भएपनि प्रतिक्रया दिनुहोला ।’ ऋतुराज लिम्बूले खिचेको यस भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।
https://www.youtube.com/watch?v=KUPvwLPZ6T0