तेह्रथुमको संक्रान्तिमा भीषण आगलागी, २१ घर जलेर नष्ट
screennepal
प्रकाशित: २०७३, १ पुष शुक्रबार
no img

काठमाडौं, १ पुस । तेह्रथुमको आठराईस्थित संक्रान्ती बजारमा शुक्रबार भीषण आगलागी भएको छ । बिहान १० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ बजेमात्र नियन्त्रणमा आएको थियो । सो आगलागीबाट २१ घर जलेर पूर्र्ण रुपमा नष्ट भएका छन् भने ५० परिवारभन्दा बढी बिचल्लीमा परेका छन् ।

aaa-1
आगलागी अग्नी सेडाईको घरबाट शुरु भएको थियो । त्यसपछि बद्री सेढाई, दिपेश सिटौला, अमृत गहतराज, सुर्य गुरुङ, नारायणी गुरङ, खड्ग आले, पुर्णबहादुर आले, वुुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतमलगायतका २१ घर जलेर नष्ट भएको हो । आगलागी केहीबेरमै आगो नियन्त्रणमा आएपनि हावा चलेका कारण पुन फैलिएको थियो । आगो नियन्त्रण गर्न फिदिमबाट अग्नि नियन्त्रक आएको थियो ।

aaa
संक्रान्तिका प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालका अनुसार पाँचथरको फिदिमवाट पुगेको आएको दमकलको सहायतामा स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

aaa-2

इलाका प्रहरी कार्याल, शसस्त्र प्रहरी वेश क्याम्प र स्थानीय वासिन्दाको प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीय पत्रकार छवि सनम कन्दङ्वाले जानकारी दिए ।
बजारका अन्य केही घरमा आगो सल्किन नदिन डोजर लगाएर भत्काइएको थियो । आगलागीको कारण खुलेको छैन । सो आगलागीबाट कति क्षति भयो भन्ने पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौको क्षति भएको अनुमान गरिएको छ ।
स्मरण रहोस् । केही वर्षअघि मात्र तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा आगलागी हुँदा दर्जनौ घर जलेका थिए भने त्यसबाट करोडौको क्षति भएको थियो । संक्रान्ति बजार म्याङलुङबाट ६८ किमी टाढा पर्छ ।

Comments