अलिशाको दिलमा छुटेको मन खोज्दै निराजन (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १ पुष शुक्रबार
no img

काठमाडौं, १ पुस । गायक नवनविन राईको शब्द, संगीत तथा स्वरमा ‘हराएको मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । फिल्मी शैलीमा तयार भएको भिडियोमा निर्देशक तथा गायक राजेश राई पूमाले फरकपन दिन खोजेका छन् । यस भिडियोमा अहिलेका चर्चित मोडल निराजन प्रधान र मिस राई अलिशा राईले अभिनय गरेका छन् ।
गीतमा हराएको आफ्नो मनलाई खोज्ने कुरा गरिएको छ । आफ्नो प्रेमिकालाई हराएको मनको रुपमा विम्बित गरिएको छ भने एक्लो भएको प्रेमीको छटपटाहटलाई भिडियोमा व्यक्त गरिएको छ ।

Comments