काठमाडौं, २८ मंसिर । काठमाडौ इन्टरनेशनल फिल्म फेष्टिभल (किम्फ–२०१६)अन्र्तगत शर्ट फिल्म प्रतियोगितामा प्रथम र दोश्रो अवार्ड एभरेष्ट फिल्म एकेडेमका फ्याकल्टी मेम्बर बिष्णु कल्पित र बिधार्थी असिन पौडेलले हात पारेका छन् ।
बिष्णु कल्पितको शर्ट फिल्म ‘सवारी’ ले प्रथम स्थान हासिल गरेको छ भने पौडेलको ‘कान्छी’ले दोश्रो स्थान हात पारेको छ । यस्तै, तेश्रो स्थान भने अमेश भण्डारीको ‘घट्टो’ले हात पारेको छ । किम्फमा ७ वटा छोटा फिल्म प्रर्दशन गरिएको थियो ।
तेश्रो हुने ‘घट्टो’ले नेपालको शिक्षा प्रणालीको बिषय उठाएको थियो भने दोश्रो स्थान हासिल गर्ने ‘कान्छी’ ले एक महिलाले बिहान ४ बजेदेखि रातिसम्म पानी, बिजुली, यातायात, सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा भोग्ने समस्यालाइ देखाउन खोजिएको छ । यस्तै, प्रथम हुने ‘सवारी’ ले राष्ट्रपतिको सवारीको समयको सडक देखाइएको छ ।