काठमाडौं , २३ मंसिर । नेपाली चलचित्र ‘पार्सल’ शुक्रबार अर्थात् भोलीबाट देशभर एकसाथ रिलिज हुँदैछ । यसै चलचित्रमार्फत झापाकी सिर्जना वनेम फागो हिरोइनका रुपमा डेब्यु गर्दैछिन् । लाहुरेले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा सिर्जना लाहुरेकी जिद्धि छोरीको भूमिकामा देखिँदैछिन् । आफ्नो डेब्यु चलचित्र भएपनि ‘पार्सल’ बाट आफू आशावादी रहेको सिर्जना बताउँछिन् ।
किशोर सम्बाहाम्फेको निर्माण र रविन श्रेष्ठको निर्देशनमा बनको यो चलचित्रको अधिकांश छायाँकन पुर्वमै भएको हो । धरानका निर्देशक रविनको पनि यो डेब्यु निर्देशन चलचित्र हो । चलचित्रमा सिर्जनाका अलावा प्रभु श्रेष्ठ, खेलाडी किशोर सम्बाहाम्फे, किशोर खतिवडा, विक्रम सिंह, सोनु जयन्ती, प्रेसिका निरौला, पुजा तामाङ, नीता ढुंगानालगायतको अभिनय छ ।
तस्बिर : तस्बिर स्टुडियो बागबजार