‘शब्द’मा यस्तो देखिए सौगाल र कमली
screennepal
प्रकाशित: २०७३, ९ मंसिर बिहीबार
no img

काठमाडौं, ९ मंसिर । अभिनेता सौगात मल्ल अभिनित चलचित्र ‘शब्द’ रिलिज हुन लागेको छ । समाजका विभिन्न पक्षलाई समेटेर निर्माण गरिएको ‘शब्द’को टिजर र गीत सार्वजनिक गरिएको छ । यो चलचित्र २९ पुसमा रिलिज हुने जनाइएको छ ।

img_5712
समाजको विद्यमान परम्परा, चनलचल्ती प्रेम र मित्रताबाट सिर्जना हुने अवस्थालाई समेटेर चलचित्रमा चित्रण गरिएको निर्माण पक्षको भनाइ छ ।

img_2775
कास्की जिल्लाको सिकलेस गाउँमा छायांकन गरिएको यो चलचित्रमा हिमालतिरकै कथा छ । सन्तोष शिवाकोटी निर्दे्िशत फिल्ममा सौगातसँगै कमली वाईवा, अनुभव रेग्मी र वसिन भट्टराईको प्रमूख अभिनय छ ।
छिरिङ दोर्जे लामाले निर्माण गरेको शब्दमा यम थापाको लेखन रहेको छ । चलचित्रमा राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत रहेको छ । चलचित्रमा गीतमा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ । छिरिङ दोर्जे लामा ‘शब्द’का निर्माता हुन् ।

Comments