काठमाडौं, ३० कार्तिक । नेपाली चलचित्र ‘दि विचारा’ बन्ने भएको छ । यो चलचित्र ट्रेन्डी फिल्मस् प्रालिको व्यानरले निर्माण घोषणा गरेको हो । यस चलचित्रको पुराना निर्देशक रञ्जित राना मगरले निर्देशन गर्दैछन् ।
फिल्मका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्मले देखाउनेछ । ‘फिल्मले लभ, एक्सन, कमेडी सबै समेट्नेछ ।’ उनले भने । फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।
मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन रहेको छ । माघबाट छायांकनमा जाने फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व, शिव विकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ । निर्देशक रानाले फिल्मको छायांकन नेपालको पश्चिम क्षेत्रमा गरिने बताए ।