प्रियंकाका अवीस्मरणीय चार प्रेम 
screennepal
प्रकाशित: २०७१, १० भाद्र मंगलवार
no img

प्रियंका कार्की अहिलेकी ब्यस्त हिरोइनमध्यमा पर्छिन् । उनका एकपछि अर्काे फिल्म हिट भइरहेका छन् । उनले आफ्नो जीवनका अवीस्मरणीय प्रेम अनुभूति डिबी खड्कासँग बाँडेकी छिन् ।

लाजले लाल लाल
स्कुलमा पढ्दाखेरिको कुरा हो यो । त्यस्तै ८ कक्षा पढ्थेँ होला । म र हामीसँगै पढ्ने एकजना केटाको बर्थडे एकैदिन पथ्र्याे । यही कारण साथीहरुले मेरो ऊसँग नाम जाड्न थाले । ‘कति भाग्यमानी है तिमीहरु, बर्थ डे पनि एकदिन’ भन्थे । साथीहरुले जिस्क्याउने गरेकै कारण ऊ र म बिच रहेको औपचारिक बोलचाल पनि सकियो । बोलेको देख्यो भने साथीहरुले जिस्क्याउने डरले हामी बोलेनौं । कहिलेकाहिँ एकैपटक कक्षाकोठामा छिर्ने संयोग मिल्दा पनि होल क्लासले ‘ओ…’ भनेर हल्ला गरिहाल्थ्यो । यसैबिच भ्यालेन्टाइन्स डे आयो । साथीहरुले जिस्क्याएकै कारण मनभित्र ऊ त मेरो भ्यालेन्टाइन भन्ने परेछ ! त्यसैमाथि साथीहरुले ‘आजको दिन जा न बोल न’ भनेपछि उसको अनुहार हेर्दा मेरो गाला त लाजले लाल लाल पो भएछन् ।
लकरमा कसले राखेछ गुलाब
रातो बंगला स्कुलमा पढ्दाताका हो । हामी सबैको आफ्नै लकर हुन्थ्यो । भ्यालेन्टाइन्स डे को दिन कसले लकरमा गुलाब राखिदिएछ । गुलाबचाहिँ प्लाष्टिकको थियो । कसले राखेछ गुलाब भनेर सोधीखोजी गरियो । मान्छे पत्ता लागेन । त्यसपछि त साथीहरुमाझ मेरो सान बेग्लै भइगयो नि । किन भने मलाई महत्व दिने कोही छ ? भन्ने त्यो गुलाबले प्रमाणित गरेको थियो ।

Piryanka-Karki-4

प्रियंका कार्की

त्यो पो हो त तरिका
म कामको सिलसिलामा नगरकोटमा थिएँ । हिउँदको सिजनमा हो । नगरकोटमा हिउँ परिरहेको दिन थियो । म होटेलभित्र कम्प्युटरमा काम गरिरहेको थिएँ । साथीहरुले ‘बाहिर आइज न बाहिर’ भन्दै बोलाए । तल झरिनँ, बरन्डामा आएर हेरेको त ‘आइ लभ यू’ लेखेका बेलुन उडिरहेका छन् । कसले उडायो भन्दै तल हेरेको एक जना पूर्वपरिचित युवक थिए । ‘विल यू वि माई गर्लफ्रेन्ड’ भनेर लेखिएको टेडी बियर हातमा समातिरहेका थिए । उनको त्यो तरिका, मलाई खोज्दै त्यत्रो टाढा पुगेर प्रस्ताव राख्ने एफोर्ड मलाई असाध्यै मन परेको थियो ।
‘झोले’ गाउँतिर, फ्रान्सेली कलेजतिर
फिल्म ‘झोले’मा रहेको एउटा प्रेम सिक्वेन्सले मलाई अमेरिका रहँदाखेरि एकजना फ्रान्सेली युवकको याद आएको थियो । एकचोटी सेमिनारका गएकी थिएँ । एअरपोर्टमा मलाई लिन आएको गाडीमा एकजना फ्रेन्च स्टुडेन्ट पनि प¥यो । ऊ पनि सोही सेमिनारका लागि आएको रहेछ । एअरपोर्टबाट होटल पुग्न दुइघन्टाको दूरी भएकाले हामीले आफ्नो कन्ट्रीबारे कुरा ग¥यौँ । त्यसले अपरिचि भूमिमा उससँग नजिक बनायो । चारदिनको सेमिनार थियो र सबैलाई एउटा न एउटा काम असाइन गरिएको थियो । मेरो काम चाहिँ मान्छेको इन्ट्रीदेखि चेकिङको कुरा लेख्नुपर्ने भयो । त्यो काम म एक्लैलाई गाह्रो हुने भएपछि म्यामले ‘कसले सघाउछ प्रियंकालाई ?’ भनेर सोध्नुभयो । त्यही केटोले हात उठाएको थियो । चारदिनसम्म सँगै काम गर्दा हामी निकै नजिक भएका थियौँ, मनभित्र प्रेमको धुन बजेपनि फिल हुन दिएको थिइनँ । किनभने भोलीदेखि छुट्टिनुपर्ने थियो । ऊ आफ्नो कलेज, म आफ्नो कलेज । फिल्म ‘झोले’मा पनि त्यस्तै सिचुयसन रहेछ, मनभित्र प्रेम हुँदा पनि यस्तै बाध्यताले प्रस्तुत हुन नदिने । फिल्ममा ‘झोले’मा त्यस्तै सिचुएसनमा अभिनय गर्नुप¥यो । त्यतिबेला सोचेकी थिएँ, फिल्ममा मात्रै होइन । रियल लाइफमा पनि त्यस्ता सिचुएसन आउनेरहेछन् ।

Comments