चलचित्र ‘युनिटी’ रोकिनुको कारण यस्तो पो रै’छ… !
screennepal
प्रकाशित: २०७३, ११ कार्तिक बिहीबार
no img

काठमाडौं, ११ कार्तिक । निर्माणधिन चलचित्र ‘युनिटी’बाट निर्देशकका रुपमा अनुबन्धित डब्बु क्षत्रीलाई ‘आउट’ नगरिएको निर्माता उज्वलजंग शाहले बताएका छन् । ‘सुरु हुनै लाग्दा युनिटीबाट किन निकालिए डब्बु’ शीर्षकमा स्क्रीन नेपालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै पत्रकारबाट निर्माता बन्न लागेका उज्वलजंगले यस्तो बताएका हुन् ।

ujwal
‘उहाँलाई (डब्बु) आउट गर्ने कुनै निर्णय भएको छैन’ उज्वलजंगले भने, ‘तयारी पूरा नभएकाले सुटिङ पर सारिएको मात्रै हो ।’ तर, डब्बुले आफू चलचित्रबाट आउट गरिएको स्वीकारी सकेका छन् । चर्चित चलचित्र पत्रकारसमेत रहेका डब्बुले भने, ‘अब युनिटीमा काम गर्दिनँ, अहिलेसम्म काम गरेको हिसाब–किताब चाँडै गर्दैछु ।’ उनले अन्यतिर हात हालिसकेको समेत सुनाए ।

uniti

केही समयअघि ‘युनिटी’को पत्रकार सम्मेलनमा उज्वल–लक्ष्मीप्रसाद

उज्वलजंगले ‘युनिटी’ बाट पहिलोपटक चलचित्र निर्माणमा हात हाल्न लागेका हुन् । उनले आफूलाई फिल्म क्षेत्रलाई त्यति बुझ्न नपाएको बताउँदै भने, ‘हिरोइन नै निश्चित भएको छैन । हिरोइनविना कसरी चलचित्र सुरु गर्ने ? वास्तवमा प्राविधिक कुरा पूरा नभएर छायांकन रोकिएको हो । चलचित्रबाट कसैलाई आउट गरिएको छैन ।’ उज्वलले ‘युनिटी’ को निर्देशक डब्बु क्षत्री नै पनि हुन सक्ने बताउँदै भने, ‘हिरोइनका लागि प्रियंका कार्कीसँग कुरा भइरहेको छ ।’ उनले हिरोइन फिक्स भएपछि सुटिङ सुरु हुने बताए । यो चलचित्र लक्ष्मीप्रसाद ढकाल र उज्वलजंगले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

dabbu

डब्बु क्षत्री

चलचित्र ‘युनिटी’ को छायांकन सुरु हुनै लाग्दा रोकिनमा निर्देशक र निर्माताबीचको मात्र नभएर अर्को पनि कारण छ । निर्माता उज्वलजंगले दशैंकै मुखमा  सुष्मासँग विवाह गरे । जसका कारण पनि ‘युनिटी’ को निर्धारित समयमा छायांकन सुरु नभएको हुनसक्छ । यसबारे उज्वलजंगले भने, ‘सुटिङ रोकिएको होइन । पर सारिएको हो । विवाहबारे भने उनले   चाँडै साथीभाई तथा इष्टमित्रलाई भव्य पार्टी दिने बताए ।

Comments