मारियन भन्छिन्, ‘हो प्रेग्नेन्ट छु तर ब्रेकअप मेरो कारण होइन’
screennepal
प्रकाशित: २०७३, ६ आश्विन बिहीबार
no img

लस एञ्जलस, ६ असोज (एजेन्सी) । हलिउडका चर्चित जोडी अभिनेता ब्राड पिट र अभिनेत्री एञ्जेलिना जोलीको ‘ब्रेकअप’ को खबरले पछिल्लो समय हलिउड तताएको छ । लामो समय लिभिङ टुगेदरपछि दुई वर्षअघि मात्र औपचारिक विवाह घोषणा गरेका यी जोडीको यो साता एकाएक ब्रेकअप भएको समाचार सार्वजनिक भयो । यसरी ब्राड एञ्जेलिनाको ब्रेकअपको समाचारको हल्लीखल्ली भएसँगै त्यसमा फ्रेन्च अभिनेत्री मारियन कोटिलार्डको पनि नाम मुछिएको छ ।

aaaa
ब्राड पछिल्लो समय मारियनसँग लागेपछि जोलीले डिभोर्स मागेको जस्ता समाचाहरुर प्रकाशित भएका छन् । प्रकाशित समाचारमा मारियन गर्भवती रहेको र गर्भमा रहेको बच्चाका बाबु ब्राड भएको समेत बताएका थिए । यस्ता समाचार प्रकाशित भएपछि मािरयनले यसबारेमा मुख खोलेकी छन् । इन्स्टाग्रामबाट मारियनले आफू गर्भवती भएको तर जोली र ब्राडको सम्बन्धविच्छेदमा आफ्नो कुनै भूमिका नरहेको बताएकी छन् । उनले भनेकी छन्, ‘ब्राड र एञ्जेलिनाको ब्रेकअपमा मेरो कुनै दोष छ्रैन ।’ मारियनले यी चर्चित जोडीको ब्रेकअपको खबरले आफूलाई पनि दुखी बनाएको बताएकी छन् ।

Comments