काठमाडौं, २९ भदौं । लाजिम्पाटमा बिहीबारबाट हाइल्याण्ड फुड्स नेवारी रेष्टुरेन्ट एण्ड बार विविधत रुपमा सञ्चालनमा आएको छ । रेष्टुरेन्ट माछापुच्छ«े बैंकको विपरित स्थानमा छ, जुन स्थानमा पहिला बाजेको सेकुवा थियो । रेष्टुरेन्टको फिल्म ‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौला, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर र फिल्म ‘बिजुली मेसिन’को टिमले रिबन काटी शुभारम्भ गरे ।
कार्यक्रममा निर्देशक दीपाले आफ्नो फिल्मजस्तै नेवारी खानेकुरा पनि स्वादिलो हुने भन्दै रेष्टुरेन्टले ग्राहकको मन जितोस् भन्ने शुभकामना दिइन् । ‘मलाई पनि नेवारी खानेकुरा निकै मनपर्छ, छक्का पञ्जा र नेवारी खानेकुराको स्वाद उस्तै मिठो हुन्छ ।’ उनले भनिन् । दीपाले युवाहरुले बनाएको फिल्म ‘बिजुली मेसिन’ ले आम दर्शकको मन जित्ने दाबी गरिन् ।
निर्देशक समाजकी अध्यक्ष सुचित्राले रेष्टुरेन्टको प्रगतिको कामना गर्दै फिल्म ‘बिजुली मेसिन’ पनि नेवारी परिकार जस्तै स्वादिलो हुने आशा व्यक्त गरिन् । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले आफु नेवार समुदायकी महिला भएकाले नेवारी खानामा विशेष रुची रहेको बताईन् ।
फिल्म ‘बिजुली मेसिन’का निर्देशक नविन अवालले नेपालमा पहिलोपटक साइन्स फिक्सनमा आधारित फिल्म बनाउने आफुहरुको प्रयासलाई दर्शकले रुचाउने बताए । कार्यक्रममा गायिका सहिमा श्रेष्ठले आगामी असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘किस्मत २’को पिक्चर हिट गीत गाएर मनोरञ्जन दिलाएकी थिईन् ।
रेष्टुरेन्टकी कार्यकारी अध्यक्ष रविना श्रेष्ठले आफ्नो रेष्टुरेन्टमा नेपाली, इण्डियन, चाइनिज फ्लेबरका खानेकुराका आइटमसँगै नेवारी परिकारहरु पनि पाइने जनाउँदै आगामी दिनमा अझ राम्रा खानेकुराहरु राख्ने बताईन् । तस्वीर : महेश्वरमान सिंह