काठमाडौं, २२ साउन । लिम्बु चलचित्र तथा म्युजिक भिडियो अवार्ड ‘एफएलएफ–२०७३’ हुने भएको छ । अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । पहिलोपटक हुन लागेको यस अवार्डमा लिम्बू भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन एवं अग्रजलाई सम्मान समेत गरिँदैछ । अवार्ड यही ३२ साउनमा राजधनीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ । यो अवार्ड फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले गर्न लागेको हो ।
नेकपा मोआवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा मनोनयन पत्र सार्वजनिक तथा वितरण गरिएको थियो । कार्यक्रममा चलचित्रको कथा, निर्देशन, नायक, नायिका, गायक, गायिका गरि जम्मा १८ र म्युजिक भिडियोका ९ विधामा अवार्ड प्रदान गरिँदैछ ।
अवार्डका लागि थत्थामा, खापुङ्ना–मरङ्ना, अम्लारी फुङ, कलाकार प्रेम सुब्बा, शोभा खजुम, निशा पोमु, बबिता फम्बो, राजकुमार आङदेम्बे, पुष्पा लिम्बु, राजकुमार लिङ्देन मनोनयनमा परेका छ । त्यस्तै, गायक÷गायिकामा सुसन साम्सुहाङ, पवित्र सुब्वा, मनु नेम्वाङ मनोनयनमा परेका छन् ।
यस अवार्डको जुरीमा लिम्बु भाषाविद् येहाङ् लावती, निर्देशक उदय सुब्बा र गायक तथा संगीतकार कुल्बा सुब्वा रहेका छन् । एक भव्य कार्यक्रमबीच वितरण गरिने आवार्डका लागि अनुप लिङ्देनको प्रतिनिधत्वमा मूल आयोजक कमिटि गठन गरिएको छ । अवार्डका निर्देशक तथा संयोजक दिनेश लिङ्देनले आफूहरुले आफ्नो भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि यो अवार्ड आयोजना गरिएको बताए । साथै यस अवार्डका लागि विभिन्न कला तथा संस्कृति सम्बन्धी संघसंस्थाहरु सह आयोजकका रुपमा रहेका छन् ।