कठमाडौं, २० साउन । गीतकार एवं कवि सरिता नाना चाम्लिङको संयोजकत्वमा सबैजना छोराछोरी मिलेर स्वर्गीय ममतामयी आमा दिलकुमारी चाम्लिङको स्मृतिमा ‘दिलकुमारी चाम्लिङ स्मृति सिलि पुरस्कार’ स्थापना गरेका छन् ।
सिलिमोमासमेत रहेकी नुनथला–५, खोटाङकी दिलकुमारीको तीन वर्षअघि निधन भएको थियो ।
आगामी वर्षदेखि हरेक साल साहित्य, संस्कृति एवम् साङ्गीतिक क्षेत्रमा साधनारत एक जना प्रतिभालाई प्रदान गरिने पुरस्कारको राशि नगद पच्चीस हजार र ताम्रपत्र रहने जेष्ठ छोरा गीतकार टीका चाम्लिङले बताए । उनका अनुसार पुरस्कारका लागि दुई लाखको अक्षयकोष राखिएको छ । पुरस्कार कोषको संरक्षकमा स्व. दिलकुमारीका पति रोजबहादुर चाम्लिङ रहेका छन् ।