सोना अमात्यको ‘आईएम द सुपरस्टार’ (भिडियो)
screennepal
प्रकाशित: २०८०, २३ माघ मंगलवार
no img

काठमाडौं । गायिका सोना अमात्यले ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आईएम द सुपरस्टार’ ल्याएकी छन् ।

सार्वजनिक गीतमा सुरजविक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवं संगीत रहेको छ । यस गीतमा खतिवडासँगै पीग इ प्रोडले प्रतिध्वनि दिने ताल निकालेका छन् ।

यस भिडियोलाई भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका हुन् । निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गीतको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

फुल सर्कलको प्रस्तुति रहेको यस गीतको भिडियोमा ईश्वर बल्लभ उप्रेतीको निर्माण संयोजक, प्रशान्त तामाङ र ईश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी छ । भिडियोमा गायिका सोना अमात्य, गिरिश खतिवडा र तिब्र ¥यापरको बुलेट फ्लोको अभिनय छ ।

Comments