‘सम्झना आउँछ’मा यस्तो देखियो पूर्ण र रियाको केमेष्ट्रि (भिडियोसहित)
screennepal
प्रकाशित: २०८०, २० माघ शनिबार
no img

काठमाडौं । गायक तथा संगीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सम्झना आउँछ’ बोलको यस गीतको भिडियोमा गायक रमेशराजले नै निर्देशन गरेका हुन् ।

यो गीत रमेशराजको ‘रिक्वेस्ट’ नामक एल्बममा समावेश छ । यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका मोडल पुर्णबहादुर लिम्बू र रिया लामाले मोडलिङ तथा अभिनय गरेका छन् । भिडियोमा निर्माणमा केही कमजारी देखिएपनि मोडलद्वयको केमेष्ट्रि सुहाएको छ ।

गायकसमेत रहेका रितुराज लिम्बूको छायाँकन रहेको यस भिडियोलाई नयाँ युट्युब च्यानल ‘मौसमी सुब्बा’मार्फत सार्वजनिक गरिएको छ । यो भिडियो यसअघि गायक रमेशराजले आफ्नो अफिसियल च्यानमार्फत पनि सार्वजनिक गरेका थिए ।

तेह्रथमका गायक योक्तुम्बा रमेशराज लिम्बू लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत छन् । उनका दर्जनौँ गीत तथा भिडियो सार्वजनिक भइसकेका छन् ।

Comments